
- सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट सुरेश निरौलाको निधन भएको छ । उनको परिवार स्रोतले उनको निधनको पुष्टी गरेको छ । केही समययता अस्पतालमा उपचाररत उनको बुधबार निधन भएको हो ।
लामो समय पत्रकारितामा सकृय रहेर पछिल्लो समय प्राक्टिसमा रहेका उनी केहि समयअघि मात्र सिए उत्तिर्ण भएका थिए ।
निरौलाका श्रीमतीसहित एक छोरा छन् । नेपाली पत्रकारिता क्षेत्रमा पनि आँटिलो पत्रकारको छवि बनाएका निरौलाले आइक्यानबाट सिए उतिर्ण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्