
नेपाली ईतिहास मै पहिलो पटक आयोजना भएको पहिलो सिए विधार्थी कन्फेरेन्स सम्पन्न भएको छ। आज काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको पृथ्वी हलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। करिव २० दिन अघि देखिको तयारीपछी आज कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराई प्रमुख अथितिका रुपमा आउनु भएको थियो भने आईक्यानका उपाध्यक्ष प्रकाश लम्शाल, एक्यानका अध्यक्ष भरत रिजाल लगायत अथिति हरुको उपस्थिति थियो। कार्यक्रममा सिए अरुण राउत, सिए दीपक पाण्डे, सिए कृष्ण भट्टराई, सिए कृति प्रधान, सिए सुरक्षित शर्मा, सिए अनुराग वाग्ले, सिए सुर्य बिक्रम कुँवर, लगायत अन्य केहि सिए हरुको समेत उपस्थिति थियो।

कार्यक्रममा बोल्दै आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले पढाइसंगै बिधार्थीहरुले अन्य कुरामा पनि आफुलाई अब्बल ठहराउन सके निकै नै राम्रो हुने बताउनुभएको थियो। आईक्यानले विभिन्न संघ संस्थासंग एमआरए गर्न लागेको खबर सुनाउदै उहाँले कार्यक्रम आयोजना गरेकोमा एनाकासालाई बधाई समात दिनु भएको थियो।

कार्यक्रममा एनकासाका पूर्व अध्यक्ष मनोज पौडेलले बिधार्थीका विभिन्न समस्याहरु बारे बोल्नुभएको थियो भने एनाकासाको ईतिहासबारे पनि प्रकाश पार्नुभएको थियो। उहाँले ब्रिलिएन्ट क्याम्पस परिक्षाका लागि उचित सेन्टर नभएको समेत बताउनु भएको थियो। उहाँले एनाकासाका लागि आईक्यानले कोठा उपलब्ध गराउनु पर्नेमा समेत जोड दिनुभएको थियो।

एनाकासाका पूर्व अध्यक्षको भनाइलाई प्रकाश पार्दै एनाकासाले भने जस्तै ब्रिलीएन्ट क्याम्पसको विकल्प खोज्न आईक्यान सकारात्मक भएको बताउनुभएको छ। उहाले आईक्यानको भवन निर्माणका सम्पूर्ण कार्य सकिसकेपछी एनकासालाई कोठा उपलब्ध गराउनु बारेपनि आईक्यान निकै नै सकारात्मकरहेको बताउनु भएको छ।
कार्यक्रममा बोल्दै एनाकासाका अध्यक्ष अनिल शर्माले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण हातहरुलाई विशेष धन्यबाद दिनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले यस्तै सहयोग पाए एनकासाले आउँदो बर्ष गर्न लागेको अन्तरास्ट्रिय कन्फेरेन्स पनि निकै नै सफल हुने बिस्वाश ब्यक्त गर्नु भयो।

कार्यक्रममा बोल्दै एक्यानका अध्यक्ष भरत रिजालले पनि कार्यक्रम निकै नै राम्रो भएको प्रतिक्रिया दिंदै , कार्यक्रम आयोजनाका लागि एनकासालाई बधाई दिनु भएको थियो। सिएको स्कोप निकै नै बढिरहेको बताउंदै उहाँले एनाकासाको रचनात्मक कार्यले सिए क्षेत्र लाई नै सकारात्मक उर्जा दिने भनाई समेत ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा २ सेसन बनाएर विभिन्न बिषयमा प्रस्तुती राखिएको थियो। बिशेष गरी २ बिषयमा गरिएको प्रस्तुतीमा क्रमश: केशब अधिकारी र रिमा खनाल उत्कृस्ट ठहरिनुभएको थियो। कार्यक्रमका सहभागी तथा बिजेताहरुलाई एनकासाका तर्फबाट कदर पत्र तथा ट्रफी उपलब्ध गराईएको थियो।
यसै बीच कार्यक्रम संयोजक रुषा गिरीलाई पनि एनकासाका अध्यक्ष अनिल शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रम संयोजक रुषा गिरी निकै समय अघिदेखि यस कार्यक्रममा निकै खटेकी थिईन् । कार्यक्रम कस्तो रह्यो भन्नेबारे सिए सरोकारको प्रश्नको उत्तर दिंदै गिरीले कार्यक्रमबारे हेर्ने दृस्टीकोण विधार्थी पिछे नै फरक हुन सक्ने भए पनि समग्रमा कार्यक्रम उत्साहजनक रुपमा सफल भएको बताउनुभएको छ।
कार्यक्रममा निर्णायक र प्रतुती दिने बिधार्थीहरु बीच प्रश्न उत्तर कार्यक्रम पनि राखिएको थियो भने कार्यक्रममा निर्णायक सिएहरुले बिधार्थीका विभिन्न राम्रा पक्ष र नराम्रा पक्षहरुबारे प्रकाश पार्दै बिधार्थीहरुको प्रस्तुतीलाई विभिन्न खाले सुझाव समेत दिनुभएको थियो।
कार्यक्रममा गत बर्ष आईक्यानका तर्फबाट भारतमा कन्फेरेन्सका लागि जानुभएका सिए बिधार्थी सन्तोष घिमिरेले समेत आफ्नो प्रस्तुती राख्नुभएको थियो। कार्यक्रममा उहाँले राख्नु भएको प्रस्तुती पनि निकै रुचाईएको थियो। घिमिरे सहितको टोलि गत बर्ष भारतमा आयोजित अन्तरास्ट्रिय सिए बिधार्थी कन्फेरेन्समा सहभागी भएका थिए।

यधपी एनाकासले आयोजना गरेको कार्यक्रममा केहि प्राबिधिक कमजोरी भने देखिएको थियो। कार्यक्रमका लागि गरिएको भिडियोग्राफी निकै नै पूरानो प्रबिधिमा गरिएको थियो। हाल नेपाली टेलिभिजनहरुमा प्रयोग गर्न बन्द गरिएको क्यामरा प्रयोग गरी भिडियोग्राफी गरिएपछी कार्यक्रमका झलकहरु विभिन्न टेलिभिजनहरुमा समाचार को रुपमा पठाउने काम भने नहुने भएको छ।
पछी सिए सरोकारले संयोजन गरी कार्यक्रममा एचडी प्रबिधिको क्यामरा ल्याएको थियो। उक्त क्यामरामा कैद भएका
दृश्यहरुलाई सिए सरोकारका आउँदा केहि भागहरुमा प्रशारण गर्ने बताइएको
छ। सिए सरोकार कार्यक्रममा अफिसिएल मिडिया पार्टनर समेत हो।

कार्यक्रममा प्रायोजक संस्था हरु लाईमाया को चिनो प्रदान गरिएको थियो। यद्यपी मिडिया पार्टनर हरुलाई भने एनाकासाले कुनै पनि खालको चिनो प्रदान गरेन। यता प्रायोजक संस्थाहरुको नाम एक – दुई पटक लिनु लाई पनि एनाकासाको कमजोरीका रुपमा लिईएको छ। कार्यक्रममा महत्वपूर्ण योगदान दिने प्रायोजकहरुलाई उचित सम्मान नगरेको गुनासो पनि यसपाली एनकासालाई लागेको छ।
कार्यक्रममा उत्कृस्ट नठहरिए पनि बर्षा बराल र प्रवेश ढकालको प्रस्तुति पनि निकै नै रुचाईएको थियो। यी दुई सहभागीले भिन्न भिन्न बिषयमा आफ्नो प्रस्तुती देखाएका थिए। निकै नै आत्मविश्वास सहित प्रस्तुत भएका अन्य सहभागीहरुको प्रस्तुती पनि निकै नै उल्लेखनीय थियो। विभिन्न बिधार्थीमध्ये छनोट गरी एनाकासाले प्रस्तुती दिने बिधार्थीहरु छनोट गरेको थियो।
कार्यक्रममा आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईलाई एक्यानका अध्यक्ष भरत रिजालले एनाकासाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने एक्यानका अध्यक्ष भरत रिजाललाई पनि मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा स्वोयमसेवकहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो।
एनकासाले आउँदो बर्ष गर्ने भनिएको अन्तरास्ट्रिय सिए बिधार्थी कन्फेरेन्सको तयारी स्वरूप यो कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा कन्फेरेन्सपछी सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न बिधार्थीहरुले गीत , नृत्य तथा अन्य प्रस्तुतीहरु देखाएका थिए।
कार्यक्रममा आईक्यानका तर्फबाट माधव कक्षपतिले समेत बिधार्थीहरुलाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कक्षपतिले आउँदो जुन परिक्षाका लागि सजेस्टेड तथा आरटिपीहरु आईक्यानले छिट्टै बिधार्थी सामु ल्याउन लागेको समेत जानकारी दिंदै एनाकासाले गरेको कार्यक्रमका लागि एनाकासालाई शुभकामना समेत दिनु भएको थियो।
प्रतिक्रिया दिनुहोस्