
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँमा भव्य रुपमा सम्पन्न भएको सिए फेट २०१७ मा सम्झन लायक धेरै कुरा रहे । चलचित्र लुटबाट उदाएका निर्देशक निश्चल बस्नेतलाई विद्यार्थीले रुचाएको यथार्थदेखि सिए एलपी भानु शर्माले दिएको प्रवचनसम्मले विद्यार्थीहरुलाई मनोरंजन र ज्ञान दुवै दियो ।
निश्चल बस्नेत निकै आकर्षणका केन्द्र बने सिए फेटमा । उनी कार्यक्रममा छिरेदेखि कार्यक्रमबाट निस्किएका बेलासम्म कार्यक्रमको रौनकनै बेग्लै थियो । विद्यार्थीहरु ‘काले दाइ, काले दाइ’ भन्दै चिच्याईरहेका थिए भने उनीपनि विद्यार्थीको उत्साहलाई उमङ्गमा परिणत गर्दै थिए ।
आफ्नो प्लस टुको पढाइ सम्झंदै उनले सिए विद्यार्थीले गर्ने मेहेनतको प्रसंशा गरे । विद्यार्थीको आग्रहमा उनले स्टेजमै नाचेर विद्यार्थीहरुलाई थप उत्साहित बनाए । समग्रमा सिए फेट २०१७ मा विद्यार्थीहरुको मुख्य आकर्षणको केन्द्रविन्दुनै बने निश्चल बस्नेत ।
सिए एलपी भानु शर्माको ‘प्रवचन’ मा विद्यार्थीहरु लट्ठ बने । बिना हिचकिचाहट विद्यार्थीहरुले उनको प्रवचन सुने र उनले सिकाएको योगमा सामेल भए । उनले दिएको प्रवचनमा धेरै ठाउँमा ताली बजे । कार्यक्रमपछीपनि उनको प्रवचनको चर्चा ठुलै थियो ।
समग्रमा एनकासाले निकै उत्कृष्ट कार्यक्रमको आयोजना गर्यो । केहि छिटपुट कमी कमजोरी हुनु सामान्य हो ।













प्रतिक्रिया दिनुहोस्