Skip to content

सिएहरुको ‘स्वतन्त्र समूह’ले आइक्यानमा बुझायो विरोधपत्र !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । आरएहरुलाई सिए बन्न बाटो सहज बनाउने गरी टास्क फोर्सले आइक्यानमा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछी आइतबार सिएहरुको स्वतन्त्र समूहले आइक्यानका अध्यक्षलाई भेटी विरोधपत्र बुझाएको छ ।समूहका तर्फबाट सिए दीपक पाण्डेले आइक्यानका अध्यक्ष मदन शर्मालाई उक्त विरोध पत्र बुझाएका हुन् । सिए पाण्डेसहितको टोली अध्यक्षलाई भेट्न उनकै कार्यकक्षमा पुगेको थियो । अध्यक्षलाई भेटी पाण्डेसहितको समूहले उक्त पत्र वाचनसमेत गरेर अध्यक्षलाई बुझाएको हो ।
साथै रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले बुझाएको प्रतिवेदनविरुद्ध संकलन भएका हस्ताक्षर पनि आइक्यान अध्यक्षलाई बुझाइएको छ । उक्त प्रतिवेदन सार्वजनिक भएपछी यतिबेला सिए क्षेत्र मज्जासँग तातेको छ भने सिएहरुले खबरदारी गरिरहेका छन् । उक्त स्वन्तन्त्र समूहले आइक्यानलाई गलत निर्णय नगर्न ‘प्रेसर’ दिन भन्दै आइतबार सम्पूर्ण सिएहरुलाई आइक्यानमा उपस्थित हुन आग्रह गरेको थियो । सोहि आग्रह अनुरुप आज सयौंको संख्यामा सिएहरु आइक्यानमा उपस्थित भएका थिए । पत्र बुझ्दै आइक्यान अध्यक्षले आफुहरु सम्पूर्ण सिएहरुको हितका पक्षमा रहेको बताएको सिए विदुर लुइटेलले सिए सरोकारलाई जानकारी दिएका छन् ।
‘सबै काम एक्यानका अध्यक्षसँग मौखिक सहमतिमै भएको थियो भन्ने जानकारी अध्यक्षज्यूबाट आयो । सहमति लिखित नहुँदा विवाद आएको उहाँको भनाइ छ । ‘सिए बिदुर लुइटेलले सिए सरोकारसँग भने, ‘बाँकी त सिएहरुको अहित हुने काम आइक्यानले नगर्ने प्रतिबद्धता अध्यक्षज्यूले दोहोरोयाउनुभयो ।’ सिए लुइटेलले भने । 
यता एक्यानकै टोलीको विरोध पत्र बुझ्दा भने अध्यक्षले यस विषयमा केहि पनि कुरा गरेनन् । एक्यानका अध्यक्ष उपत्यका बाहिर भएकाले एक्यानका अन्य पदाधिकारीहरु विरोधपत्र बुझाउन आइक्यानसम्म पुगेका थिए । यता एक्यान अध्यक्षले भने आरएलाई सिए बनाउने कुरा स्वीकार्य नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्