
- सिए सरोकार सम्बाददाता
चार्टड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीको जेबिआरएच एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्ससहित १३५ कम्पनीले मूल्य अभिबृद्धि कर र आयकर समयमा नतिरिएको पाइएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको पुतलीसडक कार्यालयले कर बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुलाकबाट चिठी पठाउँदा कार्यालयमा चिठी नपुगेको भन्दै १५ दिने सूचना प्रकाशित गरेको हो ।
यस सिवाकोटीले भने आफ्ना स्टाफले पैसा लिएर भागेका कारण आफुले भ्याटवापतको रकम तिर्न नसकेको बताएका छन् । ‘भ्याट बुझाउनुपर्ने पैसा लिएर स्टाफ बेपत्ता छन् । त्यहि भएर तत्काल भ्याट बुझाउन सकिएन । पत्रिकामा नाम आउँदा त खासै कसैले थाहा पाएका थिएनन् । तर सिए सरोकारमै न्यूज आयो भनेर धेरैले फोन गरे । मेरो नियत गलत होइन । यसलाई यसरी प्रचार नगरेको भए हुने ।’ उनले भने ।
उनी नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)को अध्यक्षको दावेदार भएको चर्चा चलिरहेका बेला नै कर कार्यालयले यस्तो सूचना निकालेपछि उनका समर्थकहरु यसले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्तामा रहेकोसमेत बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्