
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले आफ्नो कार्यकालको उत्तरार्धमा आउँदा ऐतिहासिक काम गर्न सफल भएका छन् । बिगत लामो समयदेखि चर्चामा आएको भएपनि उचित लविङ गर्न नसक्दा त्यसै थन्किएको यो विषयलाई अन्तत प्रकाश जंग थापाले कार्वनयन हुने बाटो देखाएर आइक्यानबाट बिदा हुने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५-७६ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ब्रान्च अडिटको कुरापनि समेटिएपछि अन्तत: प्रकाश जंग थापा यो काममा सफल भएका हुन् । उनको काम सफल भएसँगै उनको चौतर्फी प्रशंसा हुन थालेको छ । थापा आफ्नो कार्यकालको सुरुवाती चरणदेखि नै यो विषयमा ठुलो लविङमा लागेका थिए ।
अव नेपाल राष्ट्र बैंकले विभिन्न परिधि र नियम बनाएर ब्रान्च अडिटको विषयलाई कार्वनयन गराउनेछ । यसले समग्र अडिटरहरुको स्कोप एकातर्फ बढेको छ भने बैंक तथा वित्तीय संस्थामा अडिटरको सहभागीता थप बढ्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाको खर्च केहि बढ्ने देखिएपनि लेखा व्यवसायीहरुलाई यो नीति कार्वनयन भएसँगै निकै फाइदा पुग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्