Skip to content

नेपाली विधार्थी प्रनभको सफलताले नेपालीको शिर उँचो बनाएको छ : एक्यान

नेपाली बिधार्थीले इतिहासमै पहिलो पटक आइसीएआइ टप गरेपछी यति बेला जताततै
प्रनभ प्रतिक तुल्श्यानको चर्चा छ। उनको सफलता सम्पूर्ण नेपालीकै सफलताको
रुपमा विश्लेषण भईरहेका बेला नेपाल चार्टड एकान्टेन्ट्स संघ (एक्यान) ले
पनि उनलाई बधाई दिएको छ।  केहि समय अघि सिए सरोकारसंग कुराकानी गर्दै
एक्यानका अध्यक्ष भरत रिजालले यो सफलताले सम्पूर्ण नेपाली सिए क्षत्रलाई 
नै गौरवान्वित बनाएको प्रतिक्रिया दिनुभएको छ। ” यो सबै नेपालीको लागि गौरव
गर्नु पर्ने विषय हो।  भारतभर प्रथम हुनु चानचुने कुरा होइन ” एक्यान
अध्यक्ष भरत रिजालले बताउनु भयो।उहाँले नेपाली बिधार्थीको सफलताले नेपालीको
शिर उँचो बनाएको प्रतिक्रिया दिनुभएको छ।  यसैबीच एक्यान अध्यक्ष भरत
रिजालले प्रनभ प्रतिक तुल्श्यानलाइ बधाई समेत दिनुभएको छ।  भारतभर प्रथम भई
सम्पूर्ण नेपाली लेखा व्यवसायलाई नै गौरवान्वित बनाएकोमा उहाँले खुसि
ब्यक्त गर्नु भएको छ।  नेपाली इतिहास मै पहिलो पटक प्रनभले आइसीएआई टप
गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस्