Skip to content

हामी सिआइबिको शासनमा बस्दैनौ : नबराज बुर्लाकोटी

एक्यानका निबर्तमान अध्य पक्ष सिए नबराज बुर्लाकोटिले आफुहरु सिआइबिको शासनमा नबस्ने बताउनु भको छ ।  आइक्यानको अधिकार भित्र पर्ने कार्यलाई सिआइबिले हस्तछेप गरेको भन्दै उहाले यस्तै भईरहने हो भने कुन बेला को समातिन्छ भन्ने नै टुङ्गो नभएको र त्यसले समग्र लेखा ब्यवसायलाई नै ठेस पुर्याउने बताउनु भएको छ । ” सबै काम सिआइबिको भये राष्ट्र बैंक, आन्तरिक राजस्व बिभाग जस्ता निकायको के काम भयो र?” बुर्लाकोटिले भने । आइक्यान छ, त्यसमा अनुशासन समिती छ, त्यसले गर्ने कार्यलाई सिआइबि ले गर्ने भये ति निकायहरुको के काम  भयो र?” बुर्लाकोटिले अगाडि भन्नुभयो । केही गम्भिर शैलीमा प्रस्तुत हुनुभएक बुर्लाकोटिले सिआइबिले एस्ता कार्यहरु गरिरहे र पीडित ले न्याय नपाए त्यसका बिरुद्ध आफुहरुले जस्तो सुकै कदम अगाडि बढाउने बताउनुभएको छ । “SAVE OUR PROFESSION” अभियान लाई रु १ लाख सहयोग गर्ने घोषणा समेत गर्नुभएका बुर्लाकोटिले यो अभियान मा साथ दिन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्