Skip to content

एओसी ‘बिग फोर’ इन्स्टिच्युटको लिस्टमा : विश्लेषक

हुन त नेपालमा ‘बिग फोर’ इन्स्टिच्युट वा सिए फर्म को हुन् भनेर तोक्ने खासै मापदण्ड केहि छैन।  बजारमा चलेका सिए इन्स्टिच्युट वा सिए फर्महरुले आफुलाई बिग फोर भन्दै दाबी गर्ने चलन छ।  यसै अनुरुप  काठमाण्डौका विभिन्न चार इन्स्टिच्युटहरुले आफुलाई बिग फोरको अनौपचारिक दाबी गरिरहेका थिए।  यसरि आफुलाई बिग फर्मको अनौपचारिक  दाबी गर्नेहरुमा प्राईम सिए , सीसीएमए, सीएआई र सिमा थिए।  तर पछिल्ला केहि बर्षमा यी इन्स्टिच्युटहरुमध्ये सिमा एकेडेमिक्सको नतिजा  अरु इन्स्टिच्युटहरुको तुलनामा कम  उल्लेखनीय हुनु र २ वर्ष अगाडी मात्र बजारमा आएको एओसीले लगातार उत्कृस्ट नतिजा ल्याउँदै , आफ्नो इन्स्टिच्युटमा विधार्थीको संख्या पनि उल्लेखनीय रुपमा बढाएपछी सिमाको ठाउँ एओसीले ओगटेको सरोकारवालाहरु बताउँछन्। एओसीले गत वर्ष पनि आईसीएआई अन्तर्गत र्यांन्क ल्याएको थियो भने यसपाली ईतिहास मै पहिलो पटक आसीएआई प्रथम र्यांक ल्याउँदै ईतिहास रचेपछी त्यसले सिमाको बजारको ट्रेन्डलाइ एओसीले समाएको विश्लेषकहरु बताउंछन्। यसै बीच एओसीको पछिल्लो ट्रेन्डका अधारमा अबको ‘बिग फोर’मा सिएआई , प्राइम , सीसीएमए  र एओसी भएको विश्लेषकहरुको भनाइ छ।  

पछिल्लो समयमा नेपाल बोर्डमा सीएआई र भारतीय बोर्डमा एओसी चम्किंदै गर्दा सीसीएमए र प्राइम सिएले पनि  आफ्नो उत्कृस्ट नतिजालाइ कायम गर्न सकेका छन्।  प्राइम सीएले निरन्तर रुपमा दुवै बोर्डमा उत्कृस्ट नतिजा ल्याउन सफल भईरहेको छ भने सीसीएमएले पनि केहि वर्ष यता केहि र्यांन्कहरु ल्याउन सफल भएको छ। क्याप थ्रीमा समेत आफ्नी बिधार्थी कृति प्रधान फर्स्ट एटेम्टमा उतिर्ण भएपछी सीसीएमएको पनि उत्कृस्ट नतिजा कायम भएको थियो।   नेपाली बोर्डमा निरन्तर जसो  क्याप टु टपर प्राइम सिएबाटै छन् भने   क्याप वानमा पनि टपरहरु धेरै जसो प्राइम सिएबाटै छन्।  गत वर्षक्याप वानको नतिजामा सीएआईले ईतिहास रचेको थियो। ईतिहासमै सबैभन्दा बढी अंक ल्याएर सीएआईकि नीरु श्रेष्ठले ईतिहास रचेकी थिइन भने अन्य टपरहरु पनि सीएआईबाट आएका थिए।  क्याप टुमा पनि सीएआईले उल्लेखनीय नतिजा ल्याउँदै आएको छ।   तर आफुलाई ठुला इन्स्टिच्युटका रुपमा दाबी गर्ने चार इन्स्टिच्युटमध्ये सिमाले भने आईपीसीसीमा केहि ब्याचहरुमा राम्रो नतिजा ल्याए पनि अरु ब्याचहरुमा भने औसत नतिजा ल्याएको छ।   अरु ठुला मानिएका इन्स्टिच्युटहरुमध्ये नतिजाका आधारमा सिमा एकेडेमिक्स  केहि खस्किएको हो कि भन्ने विश्लेषण नेपाली सिए बजारले गरिरहेको छ भने  बिधार्थीको संख्याका कुरा गर्ने हो भने सीसीएमए, एओसी जस्ता इन्स्टिच्युटहरुकै हाराहारीमा सिमामा बिधार्थी छन्।  यसरि एक्कासी एओसी चम्कनु र सिमाले अरु इन्स्टिच्युटको तुलनामा  कम उल्लेखनीय नतिजा ल्याएपछी सिमा ‘बिग फोर’ फर्मको रेलिगेसनमा परेको विश्लेषकहरु बताउँछन्। यद्यपी औपचारिक रुपमा भने सिमालगायत कसैले पनि आफुलाई बिग फोरका रुपमा दाबी गरेका छैनन्।

बजारको पेलानले सीमालाई खस्काएको विश्लेषकहरुको भनाइ  : आईक्यानको उपाध्यक्षमा निर्वाचित भएपछी नैतिक रुपमा सिमामा आफ्नो उपस्तिती नरहने भन्दै प्रकाश लम्साल सिमाबाट बाहिरिएको खबरले सीमाको गुडविललाइ खस्काइदिएको भन्ने विश्लेषण विभिन्न सरोकारवालाहरुले गरिरहेका छन् । यता बजारका एकथरीहरुले भने प्रकाश लम्साल सिमाबाट निस्किएको झुटो प्रचार गर्दै आफ्नै आफन्तलाइ सिमाको शेयर ट्रान्सफर गरी हाल  सिमामा फरक तरिकाले सक्रिय भएको आरोप लगाउंदै आएका छन् भने प्रकाश लम्शाल भने सिमामा आफ्नो कुनै पनि खालको उपस्तिती नरहेको दाबी गर्दै आएका छन्।  बजारका विभिन्न सरोकारवालाहरुले लगाएको सीमाले प्रकाश लम्शालको पदको आडमा आफ्नो ब्यापारलाइ अगाडी बढाएको भन्ने आरोपकोका कारणले पनि सिमाले उल्लेखनीय रुपमा बजारमा आफ्नो उपस्तिती देखाउँन नसक्दा सिमा ठुला इन्स्टिच्युटहरुको लिस्टमा पछाडी परेको विश्लेषण नेपाली सिए बजारले गरिरहेको छ।  

प्रतिक्रिया दिनुहोस्