आइक्यान पछि नहटे आन्दोलन गर्ने विद्यार्थीहरुको घोषणा
सिए सरोकार संवाददाता
८ फाल्गुन २०७०, बिहीबार ०४:१३
सिओपी(सर्टिफिकेट अफ प्राक्टिस) लिन एक वर्ष इन्टर्नसिप गर्नुपर्ने आइक्यान (इन्टिच्युट अफ चार्टर एकाएन्टेन्ट अफ नेपाल) को प्रस्तावलाई सिए(चार्टर एकाउन्टटेन्ट) तथा सिए अध्ययन गरिरहेका विद्यार्थीहरुले अस्वीकार गरेका छन् । काठमाडौंको शंकरदेव क्याम्पसमा आइसीएआई(इण्डियन इन्टिच्युट अफ चार्टर एकाएन्टेन्ट) का क्वालिफाईड चार्टर एकाउन्टेन्ट र आइसीएआईका विद्यार्थीहरुबीच भएको छलफलमा उक्त प्रस्ताव अस्वीकार गर्ने निर्णय गरिएको हो । आइक्यानले विदेशमा गएर चार्टर एकाउन्टेन्ट अध्ययन सकेर फर्किएका विद्यार्थीहरुले नेपालमा सिओपी लिनका लागि एक वर्ष इन्टर्नसिप अभ्यास गर्नुपर्ने बताएको छ । तर यसले विदेशमा अध्ययन गरिरहेको सिएहरुलाई झन समस्या पर्ने भन्दै विद्यार्थीहरुले यसलाई लागु नगर्न माग गरेका हुन् । विद्यार्थीहरुको भविश्यलाई वास्तै नगरि आइक्यानले यस्तो निर्णय लागु गरेमा विद्यार्थीहरुले आन्दोलन गर्ने बताएका छन् । छलफल पछि विद्यार्थीहरुले सीए नारायण कँडेलका संयोजकत्वमा संघर्ष समितिको समेत गठन गरेका छन् । समितिको सचिवमा पदम भट्टराई रहनु भएको छ भने सह संयोजकमा सिए मिलन भण्डारी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सिए नमिसा भट्टराई, सिए सुवास पौडेल, सिए जागृति राना, विवेक भण्डारी, प्रकाश न्यौपाने, विकास अधिकारी रहनु भएको छ । यदि यस विषयमा आइक्यान पछि नहट्ने हो भने भारतमा रहेका विद्यार्थीहरुलाई पनि समेटेर सर्घस समिति निर्माण गरी आन्दोलन शुरु गरिने सचिव भट्टराईले बताउनु भयो । भारतमा संर्षसमिति विस्तार गर्नका लागि संयोजक कँडेल चाँडैनै भारततर्फ लाग्ने भट्टराईले बताउनु भयो । उहाँ भन्नुहुन्छ आईक्यानको यस्तो निर्णयले विदेशमा अध्ययन सकेर फर्किएकाहरुमाथि नाइन्साफि हुन्छ । वर्तमान अवस्थामा करिव १० हजार नेपाली विद्यार्थीहरु भारतको सिए अध्ययन गरिरहेका छन् । जसले गर्दा आइक्यानको उक्त प्रस्तावले १० हजार विद्यार्थीहरुलाई असर पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्