Skip to content

सिए कृष्ण भट्टराई पनि आईक्यानको चुनावमा भिड्दै…के के छन् उनका सम्भावना र चुनौतिहरु ?

नेपाली सिए बजारमा चुनावी माहोल तातिईरहेका बेला सिए कृष्ण भट्टराईले पनि आईक्यानको चुनावमा उम्मेद्वारी दिने भएका छन्।  सामाजिक संजाल मार्फत उनले आफु आईक्यानको आशन्न चुनावमा उमेद्वारी दिने बताएका हुन्। कृष्ण भट्टराई आईक्यानको चुनावमा यस अघिको चुनावमा पनि उमेद्वार थिए। के.के भट्टराइ एण्ड कम्पनीमा कार्यरत सिए भट्टराईले पनि आईक्यानको चुनावमा उमेद्वारी दिने भएपछी चुनाव जित्ने सवालमा उहाँका पनि सवाल पक्ष र चुनौतीका बारेमा विश्लेषण हुन थालेको छ। केहि समय अघि उनले  सामाजिक संजाल मार्फत सम्पूर्ण साथीहरुलाई सम्बोधन गर्दै यस्तो लेखेका थिए ।” प्रिय सिए साथीहरु, तपाईहरुकै सल्लाह, सुझाव र प्रेरणाले मैले
आइक्यानको सातौ परिषदको आगामी निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छु
/ मेरो उमेद्वारी बिगतमा आइक्यानको गरिमा र प्रतिष्ठालाई धुलिसात गर्दै
व्यक्तिगत स्वार्थका लागि नेतृत्व लिन अनैतिक कार्य गर्ने र अप्राकृतिक गुट
निर्माण गर्नेहरुको निरन्तरताको बिरुद्ध हुनेछ / म मेरा निश्चित
एजेन्डाहरु तपाईहरु माझ छिटै राख्ने नै छु र तपाईहरुको अमुल्य सुझावको लागि
प्रतिक्षारत रहने छु / तपाईहरुले आफ्नु मताधिकारको उचित प्रयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ! सिए के.के. भट्टराई”
 
अनैतिक कार्य र अप्राकृतिक गुटका बिरुद्ध लाग्ने प्रतिबद्धता: आईक्यानको चुनावमा उमेद्वारी दिने उनको घोषणासंगै सामाजिक संजाल मार्फत उनले आफ्नो उमेद्वारी अप्राकृतिक गुट निर्माण गर्नेहरुका बिरुद्ध हुने  बताएका छन्।  साथि उनले आफ्नो उमेद्वारी आइक्यानको गरिमा र प्रतिष्ठालाई धुलिसात गर्दै
व्यक्तिगत स्वार्थका लागि नेतृत्व लिन अनैतिक कार्य गर्नेहरुकासमेत बिरुद्धमा हुने बताउनु भएको छ। आई क्यान को चुनावमा विभिन्न खाले गुटबन्दी बिगतमा समेत हुने गरेको थियो भने पोस्टल भोट लगायतका बिषयहरुमा अनियमितता भएको भन्ने आरोप समेत लाग्ने गरेको थियो।
के के छन् उनका सवल पक्षहरु ? : नेपाली सिए बजारमा निकै नै प्रस्ट बक्ताका रुपमा चिनिने कृष्ण भट्टराईको सटिक बोल्ने शैली, आत्मविश्वास , आईक्यानको विभिन्न समितिमा रही बिगतमा उनले  गरेका कामहरु र आईक्यानमा भएका कतिपय घटनाक्रममा सटिक रुपमा आफ्नो भनाई राख्न सक्ने नेतृत्व खुबी भएका सिएका रुपमा चिनिनु उनको सवाल पक्ष हो।  आईक्यानमा उठिरहने विभिन्न मुद्धाहरुमा मात्र होइन, आईक्यानको सिक्षा क्षत्रका बारेमा पनि राम्रो ज्ञान तथा अनुभव हुनु उनको अर्को सवाल पक्ष हो।  बिगतको आईक्यानको चुनावमा पराजित भएपछी सिकेका विभिन्न पाठहरुलाई आत्मसाथ गर्दै नेपाली सिए बजारमा विभिन्न व्यक्तिहरुसंग राम्रो सम्बन्ध हुनु उनको अर्को सवल पक्ष हो।  यसरि आफ्नो खुबीलाई  प्रस्तुत गर्दै बजारमा रहेका विभिन्न भोटरहरुलाई आफ्ना एजेन्डाका बारेमा बुझाउन सकेको खण्डमा उनको पनि सम्भावना रहेको विश्लेषकहरु बताउँछन्।
के के छन् उनका चुनौतिहरु ? : यध्यपी उनी पनि केहि  चुनौतीहरुबाट भने अछुतो छैनन्।  यस अघिको चुनावमा आफ्ना प्रतिश्पर्धीका रुपमा रहेका कतिपयसंग प्रतिश्पर्धा गर्नु पर्ने बाध्यता उनका लागि चुनौतीपूर्ण हुन सक्छ।  आईक्यानको चुनाव ताका चल्ने विभिन्न खाले चुनाव केन्द्रित राजनीतिले पनि उनलाई अफ्ठायोरामा नपार्ला भन्न सकिन्न।  यसपालीको चुनावमा १० सिट मध्ये ५ देखि ७ सिट सम्म निश्चित व्यक्ति हरुको पोल्टामा रहिसकेको विश्लेषण भईरहेका बेला  बाँकी रहेका सिटहरुमा बजारका अन्य जल्दाबल्दा सिएहरुसंग प्रतिस्पर्धा गर्नु उनको अर्को चुनौती हुन सक्छ।  यध्यपी गत चुनावबाट पाठ सिकी त्यस ताका देखिएका कमि कमजोरीहरुलाई सुधार्दै अगाढी बढेको खण्डमा कृष्ण भट्टराइ पनि सम्भावनाको सुचिमा रहेको विश्लेषकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्