Skip to content

आईक्यानमा दुई उमेद्वार थपिए, रबिन श्रेष्ठ र सुरेश देवोकोटाद्वारा मनोनयन दर्ता

आईक्यानको आशन्न चुनावका लागि थप दुई उमेद्वारहरुले आफ्नो नाम दर्ता गरेका छन्।  थप नाम दर्ता गर्नेमा सिए रबिन श्रेष्ठ र सिए सुरेश देवकोटा छन्।  रबिन श्रेष्ठ नयाँ उमेद्वारका रुपमा अगाडी आएका छन् भने सुरेश देवकोटा यस अघि पनि दुई पटक आईक्यानको चुनाव जितिसकेका सिए हुन्।  नेपाल बोर्डका उत्पादन भएकाले, नेपाल बोर्डका लागि बिगतमा पनि थुप्रै योगदान दिएको भन्ने बजारको विश्लेषण र एक व्यक्ति एक पेसाको मुद्धामा खरो उत्रिएका कारणले पनि  सुरेश देवकोटालाई चुनाव जित्ने उमेद्वारका रुपमा हेरिएको छ भने रबिन श्रेष्ठ भने नयाँ उमेद्वार हुन्।

प्रतिक्रिया दिनुहोस्