
आइक्यानको नियमको सम्मान गर्दै आफुले उक्त कार्य गर्न नचाहेको आसय सहितको पत्र प्रेसित भएपछि उक्त निकायले पुन: सुचना जारि गरी अर्कै फर्मलाई पहिलाको सरह शुल्कमा काम दिईसकेको छ। तर आइक्यान मै यसबारे उजुरी परेकाले र दर्खास्त आहवानकर्ता निकायले फर्मलाई कालो सुचीमा राख्ने आसय सहितको पत्र प्राप्त भएको कारणले यस मुद्धालाई कसरि टुंग्याउने भन्ने बिषय अहिले उनको चिन्ताको बिषय बनेको छ। नियम सबैले मान्नुपर्छ। त्यो चाहे आइक्यानको होस् वा सार्वजनिक खरिद एनको। बद्नियत रुपले गल्ति गर्ने जो कोहि कारबाहीको दायरामा आउनु पर्छ, त्यसमा कुनै संका नै छैन। तर यस्ता केहि बिषयहरुमा भने आइक्यानले कदम चाल्नु पर्ने जरुरि भएको उनको भनाइ छ । आइक्यानको नियम अनुसार पहिलाको लेखा परिक्षण शुल्क थाहा पाउने माध्यम स्पस्ट पार्ने वा अरु विकल्प दिने बारे आइक्यानको स्पस्ट धारणा आए आउँदा दिनहरुमा यस्तो नहुने समेत उक्त सिए फर्मको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्