मेरो आजको
विषय नेपाल चार्टड एकाउण्टेण्ट संस्थाका सम्माननीय अध्यक्ष महेश गुँरागाई
ज्यूले दिनु भनिएको विदेशबाट सिए। पास भएर आएपनि नेपालमा सिएको मान्यता
पाउन पुन व्यवहारीक तालिम गर्नुपर्ने प्रावधान त्यस संस्थाले छिटै ल्याउँदै
छ भन्ने भनाईसँग सम्बन्धीत छ । नेपाल चार्टड एकाउण्टेण्ट संस्थाले
आधिकारीक रुपमा यस्तो निर्णय गरिसकेको छैन तर पनि सिए क्षेत्रका सम्पूर्ण
सरोकारवालाहरु बिचमा यो चर्चाको विषय भैसकेको छ ।
चार्टड एकाउण्टेण्ट संस्थामा अध्ययन गरिरहेका विद्यार्थीहरुमा खुसी र
विदेशमा सिए अध्ययन गरिरहेका विद्यार्थीमा आक्रोस पैदा गरेको विभिन्न
सामाजिक संजाल र छापामा आएका समाचार र प्रतिक्रियाबाट प्रष्ट भै सकेको छ ।
यस कुरालाई विडम्बना नै भन्नु पर्छकी जुनसुकै देशमा सिए अध्ययन गरिरहेकै भए
पनि यो निर्णयलाई स्वागत गरी नेपालमा लेखा र लेखा परिक्षणको गुणस्तर
बढाउने देखि नेपालको लेखा परिक्षणलाई विश्वव्यापी मान्यता प्राप्त गर्न
सम्म कोशेढुङ्ग हुनसक्ने यस्तो निर्णयलाई स्वागत गर्नु पर्नेमा विरोधका
श्वरहरु र्छपष्ट भएका छन् । यो निर्णयलाई रोक्न जो विद्यार्थीसाथीहरु
लागीरहनु भएको छ त्यसमा विवेकले भन्दा आवेगले काम गरेको देखिन्छ । आफ्नो
जीवनको केही समय पुन व्यवहारीक तालिम मा विताउँदा समग्र नेपालको लेखा
परिक्षणको गुणस्तर अभिवृद्धि हुने र आफुले अँगालेको पेशाको आफ्नै देशमा
इज्जत अझै वढ्छ भने त्यो केही समय विताउन किन ग्राह्रो भएको होला र आखिर
अन्तत्वगोत्त गएर उक्त समय आफ्नो जीवनको खर्च नभएर लगानी हो भन्ने कुरा जुन
सुकै देशमा बसेर भएपनि सिए जस्तो प्रतिष्ठित र व्यवसायीक बिषय पढिरहेका
विद्यार्थी साथिहरुले बुझ्नु भएको छैन होला भनेर म भन्न सक्दिन, यो त
बुझेर पनि बुझ पचाई मात्र हो भन्ने कुरामा कुनै सन्देह छैन ।
सिओपी लाई अलग अलग रुपमा वितरण गर्ने व्यवस्ता ल्याउनु आजको आवश्यकता हो कि
होइन भन्ने कुरा हुन सक्छ तर यो आउन लागेको भनिएको निर्णयलाई एक मतले खुसी
खुसी स्वागत गर्नु हामी सम्पूर्ण सिए विद्यार्थीको कर्तव्य हो चाहे हामी
मध्यकोई स्वदेशी संस्थामा र कोई विदेशी संस्थामा अध्ययन गरिरहेका नै किन
नहुम ।
विद्यार्थी साथीहरुले बुझेको हुनु पर्ने हो कि नेपालमा वासलातमा हस्ताक्षर
गर्न न्युनतम पनि करपोरेट कानूनहरु र कर कानूनको सैद्धान्तिक मात्र होइन
व्यवहारीक ज्ञान पनि हुनु पर्छ र त्यो व्यवहारीक ज्ञान लिने सुवर्ण अवसर
पुन व्यवहारीक तालिम को समयले नै दिने छ । यसो भएन भने तपाईहरुले गर्ने
लेखा परिक्षण र तपाईहरुले हस्ताक्षर गर्ने वासलात माथि विश्वासको आधार के
हुन सक्ला र त्यो भनेको त अन्धाले हात्ती छामेर हात्तीको बयान गरे जस्तै हो
।
विदेशको संस्था जसको अन्तराष्ट्रिय मान्यता छ त्यस्तो संस्थाबाट सिए पास
भएर आइसकेपछि नेपाली संस्थाजस्तो सानो र अन्तराष्ट्रिय मान्यता नपाएको
संस्थाको सिए मान्यता पाउनको लागि सजिलो बाटो हुनुपर्छ भन्ने छ । अब यो
तर्कमा दम खोज्नु भनेको अमेरीकाको राष्ट्रपति भैसकेपछि नेपालको राष्ट्रपति
सिदै हुन पाउनु पर्छ भन्नु जस्तै हो । यस्तो तर्क गरेर जगत हसाँउन किन मन
लागेको मैले बुझ्न सक्ने कुरै भएन । मैले बुझेको कुरा यति मात्र हो कि आउन
लागेको भनिएको पुन व्यवहारीक तालिम को प्रावधान विरुद्ध संघर्ष गर्नु आफ्नै
खुट्टामा बन्चरो अनि आफ्नै पेशामाथी गद्धारी बाहेक केही होइन
नेपाल चार्टड एकाउण्टेण्ट संस्थाले तुरुन्त निर्णय गरोस भन्दै यसमा लागु
गर्नको लागि हामी सबैले आफ्नो ठाउँबाट यस संस्थालाई सहयोग गर्ने
प्रतिवद्धता व्यक्त गरौं अनि यस प्रावधानले विदेशबाट सिए पास भएर मेन अफ
सक्सेस हुनु भएकाहरुलाई मेन अफ भ्यालु बनाउन कोशे ढुङ्गाको काम गरोस् ।
प्रतिक्रिया दिनुहोस्