काउन्सिलको २ कार्यकालको अनुभव बटुली सकेका हालका आईक्यान काउन्सिल सदश्य
सुरेश देवकोटा पनि आशन्न आईक्यानको चुनावमा भिड्ने भएका छन्। यसपाली पनि
चुनाव जित्दै लगातार तेश्रो पटक चुनाव जितेको ईतिहास बनाउने उद्धेश्यका साथ
सुरेश देवकोटा अगाडी बढ्नुभएको बुझिएको छ। चुनावको तयारि बारे सिए
सरोकारले राखेको प्रश्नमा सुरेश देवकोटाले आफुले यसपाली पनि चुनाव जित्ने
दाबि गरेका छन्। चुनावमा खर्च गर्ने प्रथालाई व्यंग्य गर्दै देवकोटा
भन्छन् “जिरो कस्टमा चुनाव लड्छु र जिरो कस्ट मै जित्छु।” नेपाल बोर्डको
उपस्तिती राम्रो बनाउन पनि आफुले चुनाव जित्नुपर्ने बताउंदै सुरेश
देवोकोटाले आइक्यानको भलो चिताउने साथीहरु आफ्नो साथमै रहेकाले आफुले चुनाव
जित्ने दावी गरेका छन्।
सुरेश देवोकोटाको सवल पक्ष र चुनौती :
२-२ पटक चुनाव जितिसकेका देवकाटाले काउन्सिलमा रहंदा नेपाल बोर्डप्रति
देखाएको चिन्तन उनको सवल पक्ष हो। एक व्यक्ति एक पेसाको मुद्धामा अन्तिम
समयसम्म पनि नहारी नोट अफ डिसेन्ट लेखेका देवोकोटाले आइक्यानका
बिधार्थीहरुका लागि गरिएको निर्णयमा पनि उदार भएका थिए। त्यस्तै एभेरेस्ट
इन्स्योरेन्स प्रकरणमा लेखा परीक्षक समातिएपछी आइक्यान बोल्दै नबोलेको
खण्डमा पनि देवोकोटाले संचार माध्यमबाटै खुलेर आइक्यानको भूमिकाबारे
प्रस्ट्याउनु भएको थियो। यी र यस्तै परिपूरक घटनाक्रमले उनलाई पुनः जिताउन
सहयोग गर्ने बिश्लेषकहरुको भनाइ छ। यद्यपी उनी पनि केहि चुनौतिहरु बाट
भने अछुतो छैनन्। सिए बजारको पछिल्लो पुस्ताको एक हिस्स्सा सुरेश देवोकोटा
लगायत केहिलाई हराउने रणनीतिमामा लागेको अपुष्ट समाचार उनका लागि भारि
पर्न सक्छ। उता यसपालीको आइक्यानको काउन्सिलमा आईक्यानका उत्पादन शुन्य
बनाउने रणनीतिका साथ केहि गुटहरु लागि परेको कुरा पनि उनका लागि चुनौतीको
बिषय बन्न सक्छ। याध्यपी चुनाव जित्ने अड्कल काटिएकाहरुमध्ये उनी पनि एक
हुन्।

प्रतिक्रिया दिनुहोस्