Skip to content

फोकलको अर्को कार्यक्रम सम्पन्न

लक्ष्मीनगरमा
रहेर प्रत्येक महिनाको तेस्रो आईतबार आयोजना हुने फोकलको यस महिनाको
कार्यक्रम गत आईतबार सम्पन्न भएको छ।
बिभिन्न तह र तप्काका बिद्यार्थीको सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा
सहभागीहरुले कला तथा साहित्यको विविध पक्षमा आफ्नो प्रतिभा र सृजना
प्रस्तुत गरेका थिए।
प्राईम सीएको हलमा सम्पन्न कार्यक्रममा सहभागीले कविता, गजल, मुक्तक आदी
वाचन गरेका थिए। कार्यक्रममा सुरेन्द्र पाण्डेले रबिन्द्र मिश्रको ‘
अभियानबाट प्रभावित भई आफ्नै रचनामा ‘खान पुगोस् दिन पुगोस्’ बोलको गीतमा
गायन प्रस्तुती दिएका थिए।
विमर्श खण्ड अन्तर्गत ‘मुलुकको निम्ती सुहांउदो आर्थीक प्रणाली’ शिर्षकको
छलफलमा धेरै सहभागीले आफ्नो धारणा राखेका थिए। विमर्शमा सहभागी प्रकाश
न्यौपानेले आर्थिक प्रणाली सक्षम हुनको लागि सर्वप्रथम राजनीतिक प्रणाली
सक्षम हुनुपर्ने र सोही अनुरुपको आर्थिक प्रणाली उपयुक्त हुने बताए।
समाजबाद या पूँजीवाद जूनसुकै प्रणाली लागू गरेपनि त्यो सही रुपमा अघि
बढाउनुपर्ने, त्यसमा विकासवादी सिद्धान्त हुनुपर्नेमा जोड दिएका थिए।
त्यस्तै सहभागी मदन बस्नेत र के.एन. भुषालले कुनै पनि आर्थिक प्रणाली आफैमा
बेठीक नहुने, कुन प्रणाली कस्तो अवस्थामा कसरी लागू गरिएको हुन्छ त्यसमा
त्यो प्रणालीको उपयुक्तता/अनुपयुक्तताको निर्भर गर्ने बताए, हाम्रो जस्तो
देशमा पूरै समाजबाद लागू हुन नसक्ने हुँदा त्यसलाई सुधार गरेर पूँजीबादका
केही पक्षहरुलाई समेटेर नेपाली भूमिमा सुहाँउदो प्रणाली ल्याउनुपर्नेमा जोड
दिए। सहभागी घनिषा कुँवरले पूँजीवाद लागू गर्दा हामीसँग प्रयाप्त कोष
उपलब्ध नहुने, त्यस्तै समाजवाद
मात्र सम्भव नहुने भएकाले मिश्रित खालको आर्थिक प्रणाली उपयुक्त हुने
बताईन् साथै नेपाल जस्तो कृषिप्रधान मुलुकको आगामी आर्थिक प्रणाली कृषि
व्यवसायको
प्रर्वद्धन, संवर्द्धन र दिगो बिकास हुने खालको हुनुपर्नेमा उनले जोड
दिईन्। 
कार्यक्रममा दिपेन्द्र उपाध्यायले गजलको लेखन संबन्धमा तेस्रो प्रशिक्षण
दिएका थिए। साथै उनले मनुले राजधर्म संहिता ४० औं श्लोकको विस्तारमा
ब्याख्या गरेका थिए:
दातव्यं सर्ववर्णेभ्यो राज्ञा चौरैर्हतं धनम्राजा
तदुपयुञ्जानश्चौरस्माप्नोति किल्विषम् ।
अर्थात्, राज्यकोष मास्ने, लुट्ने, झुक्याएर खाने अनि सम्पत्ति
थुपार्नेहरुको सबै सम्पत्ति जनतालाई बाँढेर दिने राष्ट्राध्यक्षको कर्तव्य
हो । यदि त्यसो नगरेमा राष्ट्राध्यक्ष स्वयम्ले पनि चोर सरहको दोष पाउँछन् ।
अन्त्यमा प्रकाश न्यौपानेले आगामी कार्यक्रमको निम्ती प्रवेश आचार्यद्वारा
प्रस्तावित “पर्यटनमा विदेशी लगानी” हुने जानकारी दिदै कार्यक्रमको समापन
गरेका थिए।

प्रतिक्रिया दिनुहोस्