Skip to content

समय अगावै सुरु भयो आईक्यानको चुनाव चटारो , २४ सिए उमेद्वारी दिने मनस्थितिमा

तस्बिर : एजेन्सी
आगामी साल जेठ अन्तिममा हुने आईक्यानको चुनाव चटारो सुरु भएको छ। कसैको बिवाह होस् वा जुनसुकै खाले जमघट, प्रसंग आइक्यानको चुनाव कै हुन थालेको छ।  केहि सिएहरु खुलेरै आफुलाई समर्थन गर्न विभिन्न सिएहरुलाई आग्रह गरिरहेका छन् भने केहि सिएहरुले आफुले उमेद्वारी दिने मानसिकता राखेको भन्दै सल्लाह मागी घुमाउरो पाराले बजार बुझिरहेका छन्। केहि पूराना सिएहरु देखि केहि नयाँ सिएहरुसम्म यो दौडमा छन्।  जसरि भए पनि काउन्सिलको चुनाव जित्ने मनस्थितिका साथ चुनावी माहोलमा विभिन्न सिएहरु होमिएका बेला ‘प्राक्टिस’मा राम्रो छवि बनाएका सिए महेश खनालदेखि सिए अध्यापन क्षत्रमा
अब्बल ठहरिएका नवराज बुर्लाकोटीसम्म, निरन्तर २ कार्यकालसम्म चुनाव जितेका
सिए सुरेश देवकोटा देखि नेपाली सिए क्षत्रका पछिल्लो पुस्ताको नेतृत्व
गर्दै सिए निल सारु सहित २४ जना जति सिएले चुनावमा उमेद्वारी दिन सक्ने अड्कल काटिएको छ। गत वर्षको चुनावमा पराजय भएका केहि सिएहरु पनि यसपाली चुनावमा उत्रिने मनस्थितिमा रहेको बताउँछन्।। यसै क्रममा आइक्यानको चुनावलाई लिएर विभिन्न खाले बैठकहरु बस्न थालिएको छ।  बिगतका अनुभवका आधारमा भन्ने हो भने यो समयभन्दा निकै अगाडी सुरु भएको चुनाव चटारो हो। यसै बीच आइक्यानको चुनाव चटारो सुरु भएसंगै सिए सरोकारले ‘ ICAN ELECTION EXPRESS नामक छुट्टै समाचार डेस्क तयार गरी आइक्यानको चुनाव सम्बन्धमा समाचार तथा जानकारी दिने तयारि गरिरहेको छ। यसपालीको चुनावमा केहि खास, केहि अनौठा र केहि गोप्य एजेन्डाका साथ सिएहरु प्रतिष्पर्धामा उत्रिने भएका छन्।  थप जानकारी तथा समाचारका लागि सिए सरोकारसंगै रहनु होला। 

प्रतिक्रिया दिनुहोस्