Skip to content

अनलराज भट्टराई भन्छन्, “मेरो प्लान अनुसार सबैकुरा मिल्दै गयो भने आईक्यानको चुनावमा लड्छु”

चर्चित बैंकर अनलराज भट्टराई पनि आईक्यानको चुनावमा भिड्ने मनस्थितिमा रहनुभएको  बुझिएको छ।  सिए सरोकारले उनको उमेद्वारीका बारेमा सोधेको प्रश्नको उत्तर दिंदै उनि भन्छन, ” मेरो प्लान अनुसार सबैथोक मिल्दै गयो भने म पनि आईक्यानको चुनावमा लड्छु। चुनावमा लडेको खण्डमा अईक्यानको ‘ईमेज’लाई बलियो बनाउने नै मेरो एजेन्डा हुनेछ। ” यद्यपी उनले उनको ‘प्लान’ का बारेमा भने बताएनन्  अनलाराज भट्टराई पनि चुनाव लड्दै छन् भन्ने हल्ला यस अघि नै नेपाली सिए बजारमा सुनीईसकेको थियो। 
बैंकिंग क्षत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका भट्टराई पनि नेपाली सिए बजारमा राम्रो ‘पोर्टफोलियो’ भएका सिएका रुपमा चिनिन्छन्। नेपाली सिए बजारमा उनले चिनेजति प्रायसंग राम्रो सम्बन्ध हुनु उनको सबै भन्दा सवल पक्ष हो भने बिशेषगरी आईक्यानका उत्पादन र त्यसमा पनि पछिल्लो पुस्तासंगको उनको परिचय खासै नहुनु भने उनको चुनौतीका रुपमा अगाडी आउनेछ। तस्बिर : अनलराज भट्टराईको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्