विशेषगरी सिए अध्यापन क्षत्रमा राम्रो छवि बनाएका प्राईम सिएका अध्यक्ष नवराज बुर्लाकोटी पनि आशन्न आइक्यानको चुनावमा भिड्ने भएका छन्। नेपाली सिए क्षत्र र त्यसमा पनि शैक्षिक मुद्धाहरुमा खरो उत्रिने गर्नुभएका बुर्लाकोटी यसपालीको चुनावमा लड्न लाग्नु भएको हो। बिगतमा काउन्सिल अनुभव नभए पनि एक्यानलाइ गति दिएको श्रेय भने नवराज बुर्लाकोटी ले नै पाउने गरेका छन्। आईक्यानमा उठेको एक व्यक्ति एक पेशाको मुद्धामा एक्यानको नेतृत्व समेत लिनुभएका बुर्लाकोटी पनि सम्भावना भएका उमेद्वारका रुपमा चिनिएका छन्।
के के छन् उनका सवल पक्ष ?: सिए अध्यापन क्षत्रमा रहेकाले सिएको पछिलो पुस्ता प्राय: उनकै विधार्थी हुनु उनको सबैभन्दा सवल पक्ष हो। एक्यानलाइ निकै माथि पुर्याएको श्रेय पनि उनलाई नै जाने भएकाले पनि उनको नेत्रीत्व सवल छ भन्ने कुराको बिस्वस्त उदाहरण पनि भएकाले उनको सम्भावना बढेको हो। नेपाली सिए बजारका शैक्षिक उपलब्धिहरु हेर्ने हो भने उनको नेतृत्वमा थुप्रै कामहरु भएको देखिएकोले पनि उनको सम्भावना बढेको हो। नेपाली सिए क्षत्रमा धेरैसंग राम्रो सम्बन्ध हुनु उनको अर्को सवाल पक्ष हो। खरो उत्रिने बानी , आफ्नो कुरामा अडान राख्न सक्ने क्षमता र कुनै पनि एजेन्डामा उनले दिने तर्क सिए बजारमा पहिले देखि नै लोकप्रिय छ। यी र यस्ता परिपूरक कुराहरुले पनि उनको सम्भावनालाइ बलियो बनाएको छ ।
उनका चुनाव चुनौतीहरु : नेपाली सिए बजारमा रहेका केहि गुटहरुले नवराज बुर्लाकोटीलाइ लगाएको भारत परस्त भन्ने आरोप नवराज बुर्लाकोटीको सबै भन्दा ठुलो चुनौती हो। उता उनका निकै नै निकट मानिएका समकक्षी भरत रिजाल पनि आइक्यानको चुनावमा उठ्ने भएपछी उनको केहि भोट काटीन सक्ने सरोकारवालाहरु बताउंछन्। त्यस माथि आईक्यानको बिगतको काउन्सिलमा रहेका केहि सिएहरुसंग नवराज बुर्लाकोटीको आन्तरिक बिबाद रहेको र उनीहरु पनि चुनावमा भिड्ने भएकाले त्यसले सिर्जना गर्ने नकारात्मक प्रचार पनि नवराज बुर्लाकोटीको अर्को चुनौती हो। अद्यापि जे जस्तो भए पनि नवराज बुर्लाकोटीलाई अहिलेको समयमा सबैभन्दा सम्भावना बोकेका उमेद्वारका रुपमा लिईएको छ।
प्रतिक्रिया दिनुहोस्