बिबिएस तेश्रो बर्षा (नया ब्याच) को परिक्षा आउदो जेठमा हुने भएपछी आउदो जुनमा नेपाल बोर्ड अन्तर्गत परिक्षा दिने परिक्षार्थी मारमा पर्ने भएका छन । त्रिभुवन बिश्व बिद्यालयको परिक्षा साखामा सिए सरोकारले परिक्षा मिती बारे सोधेको प्रश्नको उत्तर दिदै परिक्षा साखाका प्रतिनिधिले नयाँ ब्याचको परिक्षा जेठको दोश्रो साता हुने सम्भावना बढी भएको बताउनु भएको छ । नयाँ ब्याचका लागि मितीको तय नभैसके पनि परिक्षा मिती जेठको दोश्रो साता हुने बताइएको छ । जेष्ठको दोश्रो साता अर्थात जुन को १ तारिख देखी आइक्यान अन्तर्गत सिएको परिक्षा सन्चालन हुनेछ । पुरानो ब्याचको बिबिएस तेश्रो बर्षको परिक्षा तालिका प्रकाशित भईसकेको छ । ” हामीले जेठको दोश्रो साता लाई प्रारम्भिक योजनामा राखेका छौ । तर परिक्षाको खास मिती भने तय भाईसकेको छैन” त्रिभुवन बिश्व बिद्यालयका परिक्षा साखाका प्रतिनिधिले भने । आफुहरु आइक्यानको परिक्षा तालिका बाट अनबिग्य भएको र आइक्यानको परिक्षा तालिका जुनसुकै भएपनी त्यसले टियुको परिक्षा तालिका मा कुनै असर नगर्ने उहाले बताउनु भयो । आइक्यानको परिक्षा तालिका सुनिसके पछी टियु प्रतिनिधि ले भने, ” आइक्यानको तालिका सुन्दा एक वा २ बिषय जुध्न सक्ने देखिएको छ । तर तालिका तय नभैसकेकाले हामी त्यसइ चाँही भन्न सक्दैनौ ।
जुध्यो भने यता न उताको हुने भईयो : बिधार्थी
टियुको परिक्षा र सिएको परिक्षा जुधेको खण्डमा बिधार्थीहरु कुन परिक्षा दिने भन्ने अन्योलमा पर्ने बिधा र्थिको प्रतिकृया छ । सिएको छोडौ भने डेढ बर्षको मेहेनत छ, बिबिएसको छोडौ भने सिएको नतिजाको भर छैन” एक बिधार्थीले भने । केही आफ्नो लक्ष सिएनै भएकाले आफुहरु परिक्षा जुधेको खण्डमा सिएको परिक्षा दिने र बिबिएसको परिक्षा छोड्ने बताउछन भने केहीले भने सिएको परिक्षाको नतिजाको कुनै भर नभएकाले बिबिएस चाँही पास गरेर बस्ने भनाइ छ ।यध्यपी परिक्षा नजुधे राम्रो हुने सबैको तर्क छ । केही बिधार्थीले भने परिक्षा जुधेको खण्डमा आफुहरु यता न उता को हुने धारणा ब्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस्