Skip to content

सिए कन्फेरेन्सको अन्तिम तयारि गर्दै नपाली सिए विधार्थी

सहभागी विधार्थीहरु 
साफा अन्तरास्ट्रिय बिधार्थी कन्फेरेन्सका लागि आइसीएआइको निमन्त्रणामा आइक्यानबाट चुनिएका ६ प्रतिनिधि भारतको बैंगलोर पुगेका छन्।  भारतको बैंगलोर स्थित एक कलेजमा हुन लागेको उक्त कार्यक्रममा आइक्यानका कर्फ़बाट सपना घिमिरे र प्रदीप गुरागाईंले आ-आफ्नो प्रस्तुती  राख्नेछन।  ‘फ्लाइट डीले’ का कारण एक दिन ढिलो पुगेका विधार्थीहरु हाल बैंगलोर स्थित होटल चालुक्यमा बसेका छन्।  कार्यक्रम अहिले बिहान ८ बजेबाट सुरु हुने भएको छ भने नेपाली बिधार्थीले भने आज र भोलि गरी आफ्नो  प्रस्तुति दिनेछन। 
सहभागी विधार्थीहरु 
फ्लाइट डिलेका कारण ढिलो पुगे विधार्थी : मौसमको खराबीका कारण काठ्माण्डौ देखि दिल्ली र दिल्ली देखि बैङ्ग्लोरको यात्रा लम्बिएपछि विधार्थीहरु केहि मर्कामा परेका थिए।  यद्यपि उनीहरु बैंगलोर पुगिसकेका छन्।  बैंगलोर  स्थित होटल चालुक्यमा बस्न का लागि ब्यबस्था गरिएकोमा भारतीय विधार्थीहरु नेपाली विधार्थीहरुलाइ लिन सम्बन्धित स्थानमा आइसीएआइको ब्यानर लिएर  उपस्थित भएका थिए। 

फ्लाइट डिले भए पछि समय विताउदै सपना घिमिरे  

दिल्ली भ्रमण स्थगित : फ्लाइट डिलेकै कारण दिल्लीको भ्रमण समेत स्तगित भएको छ।  फ्लाइट डिलेका कारण समय अपुग भएपछि दिल्ली भ्रमण को कार्यक्रम स्थगित भएको हो।  दिल्लीमा विधार्थीसंग हुने भनिएको अन्तरक्रिया पनि सम्भव भएसम्म बैंगलोर मै गरिने बुझिएको छ।  बिधार्थीहरु ३० तारिख मा फर्कनेछन्। 

प्रतिक्रिया दिनुहोस्