Skip to content

विधार्थी फेल हुने कारण खोज्दै हातेमालो

भारतमा रही सिए अध्यययाँ  गरिरहेका नेपाली बिधार्थीहरुका विभिन्न समुहहरु मध्येको एक  हातेमालो नेपाली बिधार्थी समुहले गत १९ अक्टोबरका दिन एक बिशेष सेमिनारको आयोजना गरेको छ।  कठिन पढाइ र निरन्तरको मेहेनतका वावजुत पनि बिधार्थी किन अनुतिर्ण भइरहेका छन् भन्ने बिषयमा उक्त सेमिनारमा छलफल भएको  आयोजकको भनाइ छ ।  कार्यक्रममा तिन घण्टाको अवधिको परिक्षालाइ कसरि सन्तुलन गर्ने भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया भएको जानकारी समुहका अध्यक्ष बिशाल भट्टराइले सिए सरोकारलाइ जानकारी दिनु भएको छ।  सेमिनारमा परिक्षामा कसरि प्रस्तुतीकरण गर्ने र कस्तो प्रस्तुतीकरण गरिएमा सफल हुन सकिन्छ भन्ने बारे अन्तरक्रिया गरिएको बताइएको छ। 
कार्यक्रम आइसीएआइका ‘पेपर ईभ्यालुएटर’ सिए बिनोध प्रकाश जैनको सम्योजनमा आयोजना गरिएको बताइएको छ।  कार्यक्रममा जैनले परिक्षामा सामेल हुँदा अपनाउनु पर्ने साबधानी र परिक्षामा लेख्ने तरिकाबारे बोल्नुभएको बताइएको छ। उत्तर लेख्नु र सहि तरिकाले लेख्नुबारे प्रकाश पार्दै उनले परिक्षामा सफल हुनका लागि अपनाउनु पर्ने विभिन्न कुराहरु कार्यक्रममा बिधार्थी माझ राख्नुभएको बताइएको छ।  
परिक्षाको बेला पढ्नु मात्र महत्वपूर्ण नभएको बताउदै उहाले पढेको कुरा उत्तरपुस्तिकामा सहि तरिकाले नलेखिए नतिजा राम्रो नआउने बताउनु भएको बुझिएको छ।  कार्यक्रममा भारतमा रही सिए अध्यायन गरिरहेका हातेमालो बिधार्थी समूह सबद्द नेपाली बिधार्थीहरुको सहभागिता थियो।  कार्यक्रम उपलब्धिमुलक भएको बिधार्थी हरुलाई उदृत गर्दै समुहका अध्यक्ष बिशाल भट्टराइले सिए सरोकारलाइ जानकारी दिनुभएको छ।
हातेमालो नेपाली बिधार्थी समुहले यसखाले विभिन्न कार्यक्रमहरु बेला बेलामा आयोजना गर्दै आएको छ।  बिशाल भट्टराइ नयाँ अध्यक्षमा निर्वाचित भएपछि यस खाले कार्यक्रमले अझ निरन्तरता पाएको हो।  भारतमा हातेमालो लगायत विभिन्न बिधार्थी संगठनले नेपाली बिधार्थीहरुको हितमा कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्