Skip to content

‘भान्जी दुई जिउ भएको समाचार’ कन्स मामाले भनेछन, मुर्ख पत्रकारले लेखेछन

मेहेनत गर्दा गर्दै आइपिसिसि मा अनुतिर्ण भएको दु:खलाई कहाँ पोखु भन्दाभन्दै मन आतिएका बेला एकासी मेरो फोनको घन्टी बज्यो । “वोइ तैले थाहा पाइस ? अस्तिको हाम्रो कुरा त सिए सरोकारले फेसबुकमा लेखेको छ नि!” अस्तिको कुरा भन्ने बितिक्कै मैले चाल पाइहाले अनी सोधे मेरी साथीलाई. ‘ अनी भन्यो चै कस्ले फेरी?” उनको उत्तर आयो, त्यसैको मामाले भनेको रे त्यो पत्रकारलाई ! त्यही हेर न सब लेखेको छ ।  हतार हतार मैले फेसबुक खोले र त्यहा भनिये जस्तै वेब साईटमा गएर समाचार पढे । समाचार पढेपछी  एक पटक ति साथीको मामालाई सम्झना गरे? के एउटा भान्जी प्रती मामाको कर्तब्य त्यही हो? समाचारमा ति बिधार्थी को हुन भन्ने थाहा नदिये पनि हामी जस्ता उनलाई चिनेकाहरुले यो समाचार पढे भन्ने सुन्दा ति बिचरीलाई कस्तो भयो होला भन्ने न त समाचार दिने ति मामाले बुझ्न सके न त सिए सरोकारका पत्रकार मित्र ले नै ।  आबेसमा गर्ब बोकेर तिनले जती  गल्ती गरिन त्यहा भन्दा ठुलो गल्ती यो समाचार भन्ने र लेख्नेले गरेको आभास भएको छ मलाई । आज यो समाचार सुनेपछी नेपालमा बस्ने अभिभावकहरुले हामी जस्ता चेन्नैमा बसेर सिए पढ्ने हरुलाई कती गार्हो बनाइरहेको होला, त्यो हामीले बाहेक कसले पो सोच्न सक्छ र ? एउटि किशोरिमा सामान्य रुपमा आउने योन भावना लाई प्रयोग गरी त उनले के गल्ती गरी?
मुर्ख पत्रकारलाई मेरो सुझाब
पत्रकारिता को सर्टिफिकेट चोरेरै ल्याएको भये त केही भन्न सक्दिन तर पढेरै ल्याएको भये पत्रकार ज्यु लाई यो त थाहा हुनु पर्ने हो कि  कुनै पनि किशोरि मा आउने योन भावना सामान्य हो भनेर । त्यस माथि पनि त्यो घटना कुनै बलात्कार थिएन । के एउटा पुरुष ले कसैलाई भोग गर्दा त्यो सामान्य बन्ने अनी महिला ले त्यही कुरा गर्दा समाचार बन्ने ? यो कहाको नियम हो पत्रकार ज्यु? त्यो घटना समाजहदारी मा भएको भये पनि त्यो सार्वजनिक भएको समाचार ले कयौ अभिभावक को सपना माथि बलात्कार गर्न खोजेको जस्तो लाग्दइन दैन र ? भारत भने पछी रिश उठ्ने नेपाली मिडियाको यो कस्तो रबैया हो सम्पादक ज्यु? मलाई यसको जबाफ चाहिएको छ । तपाईंले लेख्नु भएको समाचार ले तपाईंले केही पाठक त बढाउनु भयो होला तर त्यो समाचार ले हामी जस्ता लाई निकै गार्हो बनाएको छ ।ेक पटक त मुर्ख बन्नु भयो । अर्को पटक एस्तो कस्ट नगरनु होला ।
 कन्श मामालाई मेरो भन्नु छ
सानै देखी पढेको थिए सबै भन्दा अन्यायी मामा कृष्णका थिए भनेर । तर आज त्यो भन्दा पनि अत्याचारि मामा भेटे मैले । तपाईं त साचै नै कलियुगको कन्स हुनु भएछ । आफ्नी भान्जीको कुरा  यसरी काट्न सक्नेले आफ्नो नाम चाँही किन परिवर्तन गर्नु भएको नि? आफु चिनिन त्यती गार्हो मान्नेले आफ्नी भान्जी लाई किन चिन्न सकेन । तिललाई पहाड बनाउने मिडियाहरुलाई चिन्दा चिन्दै किन आफुलाई सम्हाल्न सक्नु भएन? समाचार बाहिरिये पछी कसलाई घाटा भयो? अरुले  नचिने पनि हामी त तपाईंलाई चिन्छौ नि! अलिकती पनि माया र स्नेहा जान्नु भएन है? धिक्कार छ तपाईंजस्ता मामा हरुलाई!
र अन्त्यमा..
समाचारको भाब शही भये पनि त्यसलाई गलत तरिकाले लेखियो । असुरछित रुपमा राखेको एक सम्बन्धले यो नतिजा ल्यायो र सामान्य रुपमा नेपाली कानुन अनुसार अधिकार प्राप्त ठाउँ बाट उनको गर्ब पतन गराइएको छ । उनी सोझी बिधार्थी हुँदा हुँदै उनमा आएको योन भावनालाई अन्यथा लिनु हुँदैन । यस्ता घटनालाई यो समाज ले पचाउन सक्दैन । त्यसैले यसलाई गोप्य नै राखिदिएको भये निकै बेश हुने थियो ।
(लेख आफुलाई ति “भान्जी” कि साथी बताउनेले सिए सरोकार लाई पठाएकी हुन)

प्रतिक्रिया दिनुहोस्