हाल क्याप टु पढ्दै गरेका एक बिधार्थी हल परिक्षाका लागि गत शनिबार तिनकुनेबाट गाडी चढिन । आफु अध्ययन गर्ने कोचिङ ईन्स्टिच्युटको परिचय पत्र भुलेकी तिनले आइक्यानको कार्ड देखाउदा उनलाई सबारी सहचालकले संस्थाको कार्ड हुँदैन भनेर सबारी छुट दिएनन । सिए सरोकारका सम्पादक सुरज प्याकुरेलसँग कुरा गर्दै उनले भनिन,” कस्तो अचम्म! म पढ्ने कोचिङ ईन्स्टिच्युटको कार्ड चाँही चल्ने रे अनी आइक्यानको चाँही नचल्ने रे!” उनी मात्र होइनन उनी जस्ता धेरै बिधार्थीहरुले आइक्यानको कार्ड देखाउदा सबारी छुट पाउदैनन । हाल नयाँ बानेश्वरको एक ईन्स्टिच्युटमा क्याप वान अध्ययन गरिरहेका अर्का बिधार्थी भन्छन, म त कि मेरो ईन्स्टिच्युट को कार्ड बोक्छु कि त एनसिसिको ! आइक्यानको कार्ड देखाउदा त उल्टो गाली खाइन्छ । कार्ड हेर्नै फुर्सद नहुने ठाउँ तिर चाँही वास्ता गर्दैनन, तर कार्ड हेरिहाल्यो भने चाँही छुट दिन अफ्ट्यारो मान्छ”, उनले भने । यता नेपाल यातायात ब्यबसायी संघले भने बिधार्थी परिचय पत्रमा बिधा र्थी छुट दिएको दाबी गर्छ । सिए सरोकारसँग कुराकानी गर्दै नेपाल यातायात ब्यबसायी संघले बिधार्थीले पाउने छुटमा सम्झौता नगरिने र सक्कली बिधार्थी भएको हकमा छुट पाउनु बिधार्थीको अधिकार भएको जानकारी दिए । यध्यपी उनले एमबिबिएस तयारी कक्षा पढाउने ईन्स्टिच्युटहरुको कार्डलाई भने कतीपय यातायात ब्यबसायीले छुट नदिने गरेको स्युकारेका छन ।
प्रतिक्रिया दिनुहोस्