Skip to content

निल सारु पनि उठ्दैछन् आशन्न आईक्यानको चुनावमा ,कस्तो छ उनको सम्भावाना र चुनौती ?

झट्ट हेर्दा कुनै फिल्मको हीरोजस्तो देखिने एउटा अनुहार जो सिए क्षत्रको एउटा समूहमाझ निकै नै परिचित छ। विशेष गरी एक्यानका कार्यक्रममा उनको विशेष चर्चा हुने गर्दछ।  कम उमेर मै नेपाली लेखा ब्यबसायमा आफ्नो छुट्टै परिचय बनाएका सारु हाल एनबिएसएम नामक सिए फर्ममा आबद्ध छन्।  आगामी आईक्यानको चुनावमा उमेद्वारी दिन लागेका सारु हाल नेपाली सिए बजारमा कम समयमै धेरै ‘क्लाइन्ट’का प्रिय बनेका सिएका रुपमा चिनिन्छन्। अरु काझैं उनका पनि आफ्नै सवल र कमजोर पक्ष छन्। 
  आफ्ना साथीभाईको समुहमा निकै लोकप्रिय सारुसंग भएको आत्मविश्वासको उनका साथिहरु खुलेरै प्रशंसा गर्छन। “चुनावमा को राम्रो को नराम्रो भन्दा पनि जसले खेल्न सक्छ उसले जित्ने हो। ” कुनै बेला एक कार्यक्रममा आफ्ना साथिभाईमाझ सारुको यो भनाइ अहिले धेरैको जनजिब्रोमा झुन्डिएको छ।  निल सारुसंग भएको आत्मविश्वास र सिए बजारमा उनले चिनेका सिएहरुमाझ उनको राम्रो सम्बन्धलाइ उनको सम्भावनाको कडी मान्न सकिन्छ। सटिक बोलीको माध्यम बाट धेरैलाइ आफ्नो कुरा बुझाउन सक्ने उनको प्रतिभाले पनि यो चुनावमा उनलाई साथ दिनेमा दुइ मत नहुने उनका निकट सिएहरु बताउंछन्।  तर आइक्यानको चुनावताका बिगतमा देखिएका कतिपय कुराहरुबाट निल सारु अपडेट छैनन् भन्ने विश्लेषण पनि नेपाली सिए बजारले गरिरहेको छ।  याध्यपी आफ्नो एजेन्डालाइ प्रस्ट रुपमा अगाडी ल्याउदै डटेर लागेको खण्डमा निल सारु पनि सम्भावानाकै घेरामा रहेको विश्लेषकहरु बताउंछन्।  तर एक्यानका अन्य जल्दाबल्दा आनुहार, जस्तै भरत रिजाल , नवराज बुर्लाकोटी आदि जस्ता सिएहरुको जस्तो उनीप्रतिको क्रेज बजारमा उत्पन्न नभैसकेकाले यसै भन्न नसकिने पनि विश्लेषकहरु बताउंछन्।  निल सारुसंग भएको क्षमतालाइ भरपूर उपयोग गरेको खण्डमा भने उनको सम्भावना बलियो भएको सरोकारवालाहरुको भनाई छ। तर नेपाल बोर्ड बाट उतिर्णहरु माझ खासै परिचित नहुनु, र परिचित भएकाहरुमध्य कतिपयले उनलाई   भारतीय बोर्डको समर्थकका रुपमा चिन्नु उनको सबै भन्दा ठुलो चुनौती हो।  अझ निल सारुसंग राम्रो सम्बन्ध भएका वा एक्यानका जल्दाबल्दा अनुहारहरु पनि आशन्न आइक्यानको चुनावमा भिड्ने भएकाले यो कुरा पनि उनको लागि चुनौतीपूर्ण नै छ। तस्बिर : निल सारुको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्