Skip to content

महेश गुरागाइको भुङ्रो बाट उत्रिएको म

‘एक ब्यक्ती एक पेसा लागु भयो भने शायद महेश गुरागाइ अध्यक्ष नहुन सक्छन’, एक बरीस्ट चार्टड एकाउन्टेन्ट आफ्ना शहपाटीसँग गफिदै गर्दा मैले महेश गुरागाइको नाम पहिलो पटक सुनेको थिए जती बेला एक ब्यक्ती एक पेसाको मुद्दा त्यती धेरै उत्कर्शमा पुगिसकेको थिएन । एक बिधार्थीको हैसियतले त मलाई त्यो भनाइ प्रती कुनै पनि खुल्दुली थिएन, तर एक ब्यक्ती एक पेसाको मुद्दाका कारण आइक्यानमा ठुलै सङ्राम हुँदै छ भन्ने सुनेको मैले यसलाई आफ्नो कार्यक्रमको मसला बनाउदै आफ्नो सिए पत्रकारिताको करीयरमा टर्निङ पोइन्ट बनाउन चाहन्थ्ये । र त मैले यो बिषयलाई खुल्दुलीका साथ अनुसन्धान गरिरहे । जो चार्टड एकाउन्टेन्टको मुखबाट मैले महेश गुरागाइको नाम पहिलोपटक सुनेको थिए,उहालाई मैले प्रतीप्रश्न गरे,’ महेश गुरागाइ सरको अध्यक्ष पद र एक ब्यक्ती एक पेसाको मुद्दामा के सम्बन्ध छ?’ मेरो प्रश्न भुइमा झर्न नपाउदै उनले सुनाइहाले,’ आरए हरुले भोट नदिने हो भने गुरागाइ अध्यक्ष हुँदैनन । मधुबिर पाण्डेले फेरी अध्यक्ष हुने मनसाय देखाइसकेका छन । यही कुराको डरले आरएहरुले महेश गुरागाइलाई चर्को दबाब दिरहेका छन भने महेश गुरागाइ यही कुरालाई लिएर काउन्सिलमा हल्ली खल्ली गर्दैछन ।’ मैले उनको कुरा सबै बुझिन किनकी त्यो मुद्दासँग नै म खासै अपडेटेड थिइन । उहाले भन्नु भएको कुरा मेरो मन मस्तिस्कमा खेलिरहेको थियो । त्यसै  क्रममा मैले अडान अध्यक्ष मोहन राज रेग्मीलाई फोन गरे र एक अन्तर्वाताका लागि अनुरोध गरे । मलाई बस बुझ्नु थियो यो मुद्दा भित्रको सत्यता । तर मोहन राज रेग्मिले यसरी आफ्नना कुराहरुलाई प्रस्तुत गरे कि म एक ब्यक्ती एक पेसा लागु अहिले नै गर्नु पर्ने कुरा लाई खासै आबश्यक ठानिन । किनकि म खासमा कुरा बुझ्दै मात्र थिए , बुझिसकेको  थिइन । मैले सत्यता बोल्नु थियो त्यसैले मैले अझ खोजी गर्दै गएे यो कुराको । आइक्यानले गरेका निर्णयहरुको दस्ताबेजहरु अध्ययन गरे । त्यसैसमा  एक ब्यक्ती एक पेसा लागु हुनु पर्छ भन्ने अर्को एक आरएहरुकै दबाब समुहसँग मेरो भेट भयो । उहाहरुको कुरा पनि सुने तर कुनै प्रतिकृया दिइन । त्यस पछी मैले चिने जानेका सिएहरुसँग यो मुद्दा बारे धेरै बुझे । त्यसै  बेला बिधार्थीहरु पनि सिएहरुको पक्षमा उभिएको थाहा पाए । म अध्ययनलाई अझै गहन रुप दिदै थिए । तर अचम्मको कुरा त के थियो भनेजो जसलाई म भेटथ्ये जसको मुखबाट पनि यही सुन्थ्ये कि एक ब्यक्ती एक पेसा लागु भयो भने महेश गुरागाइको करीयर सकियो । आरएहरुले त्यसइलाई सपोर्ट गर्छन् जसले उनिहरुको मुद्दा लाई सम्बोधन गर्छ । र त्यही सम्बोधनको लडाईं मा थिए रे मधुबिर पाण्डे र महेश गुरागाइ । मैले यस्तोसम्म पनि सुने कि,’ बजारमा दरो बार्गेनिङ भईरहेको छ । हेरौ कसले कतिको बाजी मार्छ।’  त्यती बेला देखिनै म महेश गुरागाइ लाई भेट्न चाहन्थ्ये । तर कहिले के कहिले के  मिलेन । अन्तत: लडाईं सुरु भयो एक ब्यक्ती एक पेसा को ।  बिधार्थी आइक्यान काउन्सिल र आरए बिचको टकराबका बिच एक ब्यक्ती एक पेसा सम्बन्धी निर्णय आयो । एक ब्यक्ती एक पेसा लागु गर्नु पर्छ भन्ने सुरेश देवकोटा र अच्युत राज जोशीहरु मात्र हारेनन, समग्र सिए बिधार्थीहरु हारे । समग्र सिएहरु  हारे र हार्यो नेपालको लेखा  ब्यवसायको सत्य मार्ग। सदसस्य भन्दा पनि बिधार्थीको हितमा म बढी नै बोल्न रुचाउथ्ये । र त बिधार्थी एक ब्यक्ती एक पेसाको पक्षमा थिए । बिधार्थिका हारका बिच महेश गुरागाइ अध्यक्ष भए  । अध्यक्ष हुने बितिकै मैले उनको नाममा टेलिभिजनमा शुभकामना मात्र बजाइन उनीसँग भेट्ने मनसायका साथ उनलाई फोन गरे एक अन्तर्वाताका लागि । उनले शायद मलाई पहिला नै चिनेका रहेछन क्यार मैले मेरो कार्यक्रमको नाम भन्ने बित्तिकै उनी अनकनाए । लामो प्रयास बिच उनीसँगको अन्तर्वाता सकियो र त्यो बज्यो पनि टेलिभिजनमा । उनी को हुन मलाई मतलब थिएन । बस मतलब थियो उनको काम र बिधार्थी हितको । उनका कतिपय निर्णयलाई मैले आफ्नो कलमका माध्यमबाट मुक्तकण्ठले प्रसम्सा गरेको छु भने कती निर्णय तथा उनको स्वभावलाई मैले आफ्नो समाचारको मसला बनाएको छु । शायद प्रसंसा मात्र सुन्ने बानी परेछ क्यार, मैले लेखेका वा बोलेका नराम्रा कुराहरुलाई उनले मनमा गाडेका रहेछन । यस्तैमा सेभ आवोर प्रोफेसन अभियान चल्यो एक्यानको । एक्यान को अभियानमा सामेल हुँदै सिवोपि बुझाउनेहरुको विवरण बुझाउन जादा उनले मलाई ढोका मात्र थुनेनन समग्र पत्रकारिता क्षत्र लाई नै प्रहार गर्न खोजे ।कुरा कस्को शाही थियो भन्दा पनि स्वोभाब र तरिका महेश गुरागाइको गलत थियो भन्ने निर्क्योलमा म पुगिसकेको थिए । एक दिन म आइक्यानमा एक बिशेष कामले पुगेको थिए । गेटैमा भेटिएका गुरागाइलाई मैले नमस्ते सर मात्र के भनेको थिए सुरु भयो उनको महाभारत । उनले मलाई झपारेनन मात्र आइक्यानबाट कहिले पनि आइक्यानमा इन्रोल हुन नपाउने गरी कारबाही गर्छु भन्ने चेतावनी पनि दिए । म केही बोलिन किनकी म आइक्यानको छतमुनी थिए । एक मन ले त म बेलुका अब जेल जान्छु भन्ने सम्मको निर्णय गरिसको थिए तर पनि म सम्हालिए । मैले उनलाई केही पनि भनिन । किनकी उनको व्यबहार प्रती म अभ्यस्त  भईसकेको थिए । यस्तैमा एसिसिए एमआरए प्रकिर्यामा उनले आर्थिक चलखेल  गरेको आरोप लाग्यो  । यसै बारे समाचार लेख्दा मलाई आइक्यानबाट कारबाहीको छ्ठीचिट्ठी आयो । म अब न्याय खोज्ने अभियानमा लाग्दै थिए । शायद डराएछन गुरागाइ, मलाई कारबाही नगरेको र सचेत मात्र गराइएको भन्ने पत्र आयो । यसो त उनी आटिला पनि थिएनन । र त आफुले हस्ताक्षर गर्नु पर्ने पत्रमा आफ्नै एक कर्मचारीलाई फसाइदिए । म उनीमाथि कारबाहीको प्रकृया अगाडि बढाउने सोचमा थिए, किनकि पत्रकारिताको वोकालत गर्ने नियामक निकाय पनि छ नेपालमा  । तर कानुन त पत्र काट्ने माधव सर फस्ने ग्यारेन्टि  भएपछी म त्यो प्रकृयाबाट नै हटे  किनकि मलाइ थाहा  थियो माधब जी को मप्रति कुनै नकारात्मक सोच थिएन , बश उहाले नुनको सोझो गर्नुभएको थियो र गर्नु पर्थ्यो पनि । गुरागाइले यस बिचमा मेरो थुप्रै ठाउमा कुरा काटेको सुनेको छु र म त्यसलाई त्यती अन्यथा पनि लिन्न । म पत्रकार मात्र भएको भने देखाइदिन्थ्ये गुरागाइलाई म को हुँ भनेर, तर आइक्यानको इजत नै मेरो इजत भएको कारणले मौन बस्नु मेरो बाध्यता थियो । यसरी म गुरागाइ को भुङ्रोबाट उत्रिए । तर यो लडाईं सकिएको छैन । गुरागाइ सँग होइन, गुरागाइ प्रब्रितीसँग । यती शही हो कि  महेश गुरागाई लाई म जतिको इजत शायदैले  गर्लान तर निउटनको ल पनि सबैलाई थाहा छ र गुरागाइले पनि थाहा पाउन । मेरो अझै पनि खुला आहावान छ गुरागाइजिलाई कि आउनुस्, सँगै काम गरौ आइक्यानका निम्ती (हैसियत मिल्छ भने)…नत्र तपाईं राम्रो काम गर्न सक्नुहुन्न भने नराम्रो पनि नगरनुस् । बिधार्थी लाई दु:ख दिएर प्रिन्सिपल को हाइट बढ्दैन । न त छोटा मान्छेलाई हिल लगाइदिएर नै हाइट बड्छ । शायद बुझ्नु भयो होला मेरो तात्पर्य । 
सुरज प्याकुरेल 
प्रधान सम्पादक 
सिए सरोकार

प्रतिक्रिया दिनुहोस्