आँखै अघि जल्यो मेरो सपनाको घर ! चलचित्र श्री पाँच अम्बरेको चर्चित गीत हो यो। र चलचित्रलाई निर्माण गरेका हुन् चार्टड एकाउन्टेन्ट टि.एन आचार्यले । चलचित्र श्री पाँच अम्बरे यहि मंशिर पांच देखि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षत्रमा ‘टलकजंग भर्सेस टुल्के’ पछीको सबैभन्दा प्रतिक्षित चलचित्र श्री पांच अम्बरेमा चर्चित कलाकार सौगात मल्ल र केकी अधिकारि मुख्य भूमिकामा छन्। आफ्नो क्षत्रमा राजा बन्न चाहाने एक पात्रको कथामा आधारित चलचित्र श्री पांच अम्बरेलाइ दीपा बस्नेतले निर्देशन गरेकी हुन्। चलचित्र जीवनसाथी फिल्म्सको ब्यानरमा बनेको हो। चलचित्रले सर्बोत्क्रिस्ट निर्देशक २०७० को रास्ट्रिय अवार्ड समेत हात पारिसकेको छ।
प्रतिक्रिया दिनुहोस्