आफ्नो पेटलाई लाती हानेर अगाडि बढ्न तयार छौ : मोहन राज रेग्मी
सिए सरोकार संवाददाता
२ माघ २०७०, बिहीबार १५:५४
एभरेष्ट इन्सुरेन्स प्रकारणमा लेखा परिक्षाक समातिएको बिरोध गर्दै एक्यान सँग मिलेर SAVE OUR PROFESSION अभियान सुरु गर्ने क्रममा बिहीवार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको उत्तर दिदै आरए मोहन राज रेग्मीले आफुहरु आफ्नो पेटलाई लाती हानेर भएपनी अगाडि बढ्न तयार भएको बताउनु भएको छ । पत्रकार सम्मेलन मार्फत आफ्नो COP समेत अडानको जिम्मा लगाउने घोषणा गर्नु भएका रेग्मिले कुनै पनि हालतमा एस्ता घटनाहरु रोकिनु पर्ने बताउनु भएको छ । पीडितले न्याय नपाए अझै ससक्त रुपमा अगाडी बढ्ने चेतावनी दिनुभएका रेग्मिले आइक्यान यो बिषयमा चुप लागे आइक्यानका काउन्सिल सदश्यमा रहेका आफ्न प्रतिनिधिहरुलाई फिर्ता बोलाउने चेतावनी समेत दिनुभएको छ । मोहन राज रेग्मी अडानका अध्यक्ष हुन ।
प्रतिक्रिया दिनुहोस्