Skip to content

खुल्दै बन्द हुँदै सिए ईन्स्टिच्युट

खुल्दै बन्द हुँदै सिए ईन्स्टिच्युट
BBA/ MBA चलाइएकै छ थपिदिउ न सिए पनि!न कतै बाट सम्बन्धन लिनु पर्छ न केही झन्झट! बिधार्थी आए पढाईदिउला नत्र छोडिदिउला  नि ! के भो र?”….”हेर भाई  पास त गरियो ईण्डियन बोर्ड को सिए… राम्रो जागिर पाइया छैन अब ड्याड सँग पैसा मागेरम पनि खोल्नु पर्‍यो सिए ईन्स्टिच्युट”…”हेर साथी पास गर्न सकिएला जस्तो छैन, अब नलाग्नु सिए कोर्स मा लागि हालियो अब पैसो सैसो को बेबस्ता गरेर खोल्नु पर्‍यो सिए ईन्स्टिच्युट”…”कती गर्नु त्यो बुढाको गुलामी, हामीले पढाएर त्यो करोडपती भाईसक्यो तिमी हामी उस्ता उस्तै, मिलेर खोलौ सिए ईन्स्टिच्युट”…”हो हो ल मिलेर खोलौ न त!”…

सिए पास गर्न नसकेका, सिए पास गरेर पनि केही गर्न नसकेका, सिए बारेमा केही नबुझेका, थोरै बुझेका केही तर गलत बुझेका अथवा काठमाडौंका चर्चित सिए ईन्स्टिच्युट मा पढाईरहेकाहरुको बेलाबेलामा चल्ने चिया गफ हो यो । ईन्स्टिच्युट खोल्न जती सजिलो छ, चलाऊन त्यती नै गाह्रो छ र सानो बजारमा ठुलो प्रतिस्पर्धा छ भन्ने कुरा नबुझी यो क्षत्रमा हाम फाल्नेको सन्ख्या पछील्लो समय ठुलै छ ।

केही बर्ष यता देखी अमेरिकन BBA / MBA पढाईरहेको मिनभवनको नोभा ले सिए पढाउने भन्दै बिज्ञापन गरिरहेको छ। BBA सन्चालन गरिरहेको अनामनगरको लिबेर्टी कलेज ले पनि सिए  पढाई सुरु गर्ने भन्दै बिज्ञापन गरेको छ । लोकन्थली को एसर, हाडिगाउ को हेराल्ड र बानेश्वोर को प्रेमिएर पनि यस्तै सोच का साथ केही समय अघी सिए बजार मा भित्रिएका थिए तर यि मध्य कसैले पनि उल्लेख्निय प्रगती गर्न सकेका छैनन । ठुलै महत्वोकान्छा बोकेर लाखौं खर्छ गरेको हेराल्ड कलेजले पानी सम्म भन्न पाएन । केही बिद्यार्थी भएपनी एसर कलेज ले बिद्यार्थीको साथ लिन सकेको छैन । प्रेमिएर जिन तीन चलिरहेको अवस्था मा यस्तै मान सिकतामा सिए सन्चालेन गर्ने कलेज हरुको सोच लाई अहिले RISKFUL INVESTMENT भानेर बिस्लेशण हुन था लेको छ ।

STUDY CA FREE BBS को नारा बोकेर केही समय अघी यो क्ष तर मा भित्रिएको हिमालअयन सिए टाट पल्टिएर बन्द भयो । बानेश्वोर को इ-पेन, र पुतलिसडकको प्राईम लर्नर्स एकेडेमी, पनि यसरी नै बन्द हुने ईन्स्टिच्युट मा पर्छ । पनि बन्द ईन्स्टिच्युट मै पर्छन् । साथै लाखौं खर्छ गरेको हेराल्ड कलेज, लोकन्थलिको एसर र बानेश्वोर को जि.थ्री.यस् को हालत पनि निल्नु न वोकल्नु भएको छ अहिले ।तर पनि सिए ईन्स्टिच्युट खोलिने क्रम भने जारी छ।

प्रतिक्रिया दिनुहोस्