फेसबुक पछिल्लो समय निकै नै चर्चित सामाजिक संजाल हो। बिश्वका अधिकांस व्यापार, ब्यबसाय, व्यक्ति तथा विभिन्न संघ संस्थाहरु सामाजिक संजालमा जोडिएका छन्। फेसबुकमा धेरै भन्दा धेरै सरोकारवालाहरुको सहभागिता गराउन बिश्वमा अरवौं डलर खर्च भईरहेको छ भने अर्कोतर्फ त्यससंगै फेसबुकले सामाजिक बिकृति पनि ल्याईरहेको छ। यसै बीच आईक्यानको लोगो समेत राखी आईक्यानकै नाममा आईक्यानको नक्कली फेसबुक पेज बनाएर कसैले संचालन गरीरहंदा पनि सबन्धित सरोकारवालाहरुको ध्यान गएको छैन।
आईक्यानको यो फेसबुक पेज नक्कली हो : आईक्यानले आधिकारिक रुपमा आफ्नो फेसबुक पेज बारे कहीं कतै पनि जानकारी दिएको छैन। न त आई क्यानका कुनै पनि प्रचारात्मक सामाग्री, वेब साइट लगायतमा आईक्यानको फेसबुक पेजबारे जानकारी नै छ । अझ आईक्यानको पेज भन्दै विभिन्न सुचना तथा जानकारी दिईरहेको यस फेसबुक पेजमा स्वास्थसंग सम्बन्धित सामाग्री राखिनु, पाठकहरुलाई अनौपचारिक ढंगले सम्बोधन गरीनुले पनि उक्त पेज नक्कली हो भन्ने प्रमाणित गर्छ। यसो त आईक्यानसंग सम्बन्धित व्यक्तिहरु र आईक्यानका कतिपय काउन्सिल सदश्यहरु पनि आईक्यानको कुनै पनि आधिकारिक फेसबुक पेज नभएको बताउँछन्।
आईक्यानलाई हुन सक्ने क्षति : अहिलेको समयमा सामाजिक संजाल निकै नै लोकप्रिय छ। कुनै पनि सुचना वा जानकारी लिनका लागि वेब साइटसंगै फेसबुक पेजको पनि प्रयोग गरिएको हुन्छ। यसकारण सामाजिक संजालमा आईक्यानको यस्तो नक्कली फेसबुक पेज खुल्दै गर्दा भविष्यमा आईक्यान सम्बन्धि कुनै भ्रम पूर्ण समाचार वा जानकारी पेजमा राखिएको खण्डमा र त्यसलाई नै आधिकारिक मान्दै सरोकारवालाहरु अगाडि बढेको खण्डमा त्यसले नेपाली सिए बजार मै नकारात्मक नतिजा ल्याउन सक्नेमा दुई मत छैन। हेर्दा वा सुन्दा सामान्य बिषय जस्तो सुनिए वा देखिए पनि यसखाले क्रियाकलापले ठुलै बितण्डा मचाउन सक्छ।
के छ फेसबुक नीति ? : सामाजिक संजाल फेसबुकको नीति अनुसार कुनै पनि सरकारी वा सरकारको स्वायत्त संस्थाको नाममा नक्कली पेज बनाउन पाइंदैन। यद्यपी सामाजिक पेजको रुपमा तिसंग सम्बधित बिषयहरुमा भने फेसबुक पेजको निर्माण गर्न पाइन्छ । आईक्यान पनि एक स्वायत्त संस्था भएकाले फेसबुकको नीति अनुसार आईक्यानको यस खाले पेज गैर कानुनी हो। यसखाले पेजको बारेमा सम्बन्धित संस्थाले आधिकारिक उजुरी गरेमा सम्बन्धित देशको सम्बन्धित निकायामा कारवाहीको सिफारिश गर्न सक्ने नीति फेसबुकको छ।
नेपाली साइबर कानुनमा के छ ? नेपाली साइबर कानुन अनुसार कुनै पनि संघ संस्थाको आधिकारिक अनुमति बिना यसरी संस्थाको नाम जोडेर फेसबुक पेज खोल्न पाइंदैन। साइबर अपराध एन अनुसार उजुरी परेको खण्डमा यसखाले क्रियाकलापमा संलग्नलाई आर्थिक जरिवाना, जेल सजाय वा साइबर अपराध एन अनुसार कारबाही गर्न सक्ने बताईएको छ।
प्रतिक्रिया दिनुहोस्