नेपाल चार्ट डएकाउन्टेन्ट्स संस्था (आईक्यान ) बबर महलबाट सातदोबाटोमा सरेको भनिए पनि सम्पर्क नम्बर के हो भन्ने बारे जानकारी नहुँदा बिधार्थीहरु अफ्ठ्यारोमा परेका छन्। आईक्यानले सुचना मार्फत फाल्गुन १७ गते बाट सम्पूर्ण कार्य सातदोबाटोबाट हुने जानकारी गराए पनि सम्पर्क नम्बर बारे जानकारी नदिंदा बिधार्थीहरु अन्योलमा परेका हुन्।आई क्यान को contact सेक्सनमा पनि आईक्यानको नयाँ ठेगाना अपडेट गरिएको छैन।
यसै क्रममा बिधार्थीहरुले सम्पर्क नम्बर पाइने नेपाल टेलिकमको सेवा १९७ मा सम्पर्क गर्दा त्यहाँका कर्मचारीहरुले सातदोबाटोमा रहेको नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था नामक कुनै पनि संस्था १९७ मा दर्ता नभएको बताएका छन्। यसरि ठेगाना परिवर्तन भएपनि १९७ र वेब साइटमा आईक्यानको नयाँ नम्बर तथा ठेगाना अपडेट नहुँदा बिधार्थी दर्ता लगायत विभिन्न कार्यहरु गर्न बिधार्थीहरुलाई असजिलो भएको छ।
प्रतिक्रिया दिनुहोस्