Skip to content

कुल २९ जना बने सिए, ११ जना सिएआईका बिधार्थी

यसपालीको नतिजा अनुसार कुल २९ जना सिए भएका छन्। आईक्यानले हिजो प्रकाशन गरेको नतिजा अनुसार ९ जनाले दुवै ग्रुप र बाँकीले एक एक ग्रुप गरी कुल २९ जना सिए बनेको बताइएको छ।  क्याप थ्रीमा आएको यो ईतिहास कै उत्कृस्ट रिजल्ट मानिएको छ। यसै बीच उतिर्ण हुने २९ जना सिएमध्ये ११ जना आफ्नो बिधार्थी भएको सीएआईले दाबी गरेको छ।  सीएआई नेपाल कै सबै भन्दा जेठो सिए पढाउने संस्था हो।  सीएआईले यसपालीको नतिजामा क्याप टु मा पनि उत्कृस्ट नतिजा ल्याउन सफल भएको छ भने क्याप वानमा एउटा र्यान्क समेत ल्याउन सफल भएको छ।  गत वर्ष क्याप वानमा उत्कृस्ट बनेकी नीरु श्रेष्ठ लगायत थुप्रै ४० प्रतिशत बिधार्थीले क्याप टु उतिर्ण गरेको खबर छ।

प्रतिक्रिया दिनुहोस्