गत २७ तारिखबाट भारतको बैंगलोरमा सुरु भएको काय्रक्रम सकी आईक्यानका विधार्थीहरु आज स्वदेश फर्किएका छन्। कार्यक्रममा आफ्नो दमदार प्रस्तुति प्रस्तुत गरेको नेपाली टोलीले विभिन्न देशबाट आएका विधार्थीहरुलाई चकित बनाउने तरिकाले कार्यक्रममा आफ्नो सहभागिता जनाउंदै आफ्नो प्रस्तुतिका प्रति सबैको प्रसंशा बटुल्न सफल भएका छन् भने सबैको आकर्षणको केन्द्रबिन्दु समेत बनेका छन् । 

नेपालीको सहभागिता उत्साहजनक : आईसीएआई :भारतमा सम्पन्न भएको सिए कन्फेरेन्समा नेपालीहरुको सहभागिता उत्साहजनक भएको आइसीएआइ प्रतिनिधिहरुले बताएका छन्। कन्फेरेन्स सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदैं आइसीएआइ तथा सिकासाका प्रतिनिधिहरुले नेपालीहरुको सहभागिता निकै नै उत्साहजनक भएको बताउनुभएको छ ।
धेरै कुरा सिकेर फर्क्यौं : सहभागी विधार्थी : कन्फेरेन्सका लागि भारत पुगेका विधार्थीहरुले आफुहरुले निकै नै धेरै कुरा सिकेर आएको प्रतिक्रिया दिएका छन्। विभिन्न देशबाट आएका सिए विधार्थीहरुसंग विभिन्न खाले साक्षातकार भएको र उनीहरुबाट पनि आफुले निकै नै धेरै कुरा सिकेको विधार्थीहरुको प्रतिक्रिया छ। कार्यक्रममा विभिन्न विषयमा विभिन्न देशका प्रतिनिधिहरुले आफ्नो प्रस्तुति राखेका थिए।
आइसीएआइका विभिन्न साखाहरुमा विधार्थीहरुको भ्रमण : नेपालबाट कन्फेरेन्सका लागि पुगेका विधार्थीहरुले आइसीएआइका विभिन्न साखामा समेत भ्रमण गरेका थिए। सम्बन्धित साखाका प्रतिनिधिहरु बाट आएको निम्तोलाइ स्युकार्दै उनीहरुले विभिन्न साखाहरुको भ्रमण गरेका थिए। यस खाले भ्रमणबाट पनि आफुले निकै नै धेरै कुरा जान्ने अवसर पाएको बिधार्थीहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्