Skip to content

एनाकासा कप क्रिकेटमा यसपाली पनि विवाद

नेपाल चार्टड  एकाऊन्टेन्टस् संस्था अन्तर्गत सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको संगठन नेपाल चार्टड  एकाऊन्टेन्टस्  विधार्थी एसोसिएसन (एनाकासा) ले आयोजना गरेको चौथो एनकासा कप क्रिकेटमा यसवर्ष पनि बिबाद भएको छ।  सेमी फाइनल खेलमा एक बिधार्थीको सहभागितालाईलाई  लिएर बिबाद उत्पन्न भएपछी प्रतियोगितामा एक समुहलाई ‘डीसक्वालीफाई’ गरिएको थियो। जी.के अग्रवालले अनुमति बिना आफ्नो नामको प्रयोग गरिएको भनी लिखित पत्र एनाकासालाई पठाएपछी खेलबाट पीआरएम एण्ड एसोसिएट्स, टंक पनेरु एण्ड कम्पनी र जी के अग्रवाल एण्ड कम्पनी ‘ का नाममा संयुक्त समूह बनाई खेलिरहेको समुहलाई एनकासाले डीसक्वालिफाई गरेको हो।   एनकासाले आज एक सुचना जारि गर्दै घटनाबारे आधिकारिक रुपमा बोलेको छ। सुचनामा एनाकासाले जी.के अग्रवालले पठाएको पत्रका आधारमा छानबिन गर्दा ‘पीआरएम एण्ड एसोसिएट्स, टंक पनेरु एण्ड कम्पनी र जी के अग्रवाल एण्ड कम्पनी ‘ ले नियम बिपरित कार्य गरेको खुल्न आएकाले समुहलाई डीसक्वालिफाई गरेको जानकारी दिएको छ। उक्त समूह डीसक्वालिफाई भएपछी उक्त समुहले पराजित गरेको एनबिएसएमलाई  सुबोध एसोसिएट्ससंग फाइनल खेल खेलाइएको थियो।  सुबोध एसोसिएट्सले यसपालिको एनाकासा कप क्रिकेट जितेको छ भने अन्तिम खेलमा सोबोध एसोसिएट्ससंग पराजित हुँदै एनबिएसएमले दोश्रो स्थानमा चित्त बुझाएको छ। यसै बीच एनाकासाले आयोजना गरेको पोस्ट म्याचमा बोल्दै एनाकासाका अध्यक्ष मनोज पौडेलले घटना दुखद् भएको प्रतिक्रिया दिनुभएको छ।  गत वर्ष पनि सुबोध एसोसिएट्स र एम खनाल बीच भएको खेलमा एक चौकालाई लिएर बिबाद उत्पन्न भएको थियो भने त्यसभन्दा अघिल्लो बर्ष पनि गैर सिए बिधार्थी लाइ खेलमा समाबेश गरिएको भन्दै बिबाद भएको थियो।  यता उक्त समुहका केहि समर्थकहरुले भने एनाकासाले पूर्वाग्रही रुपमा निर्णय गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्