Skip to content

यसरि राखे सिए बिधार्थी पुस्कर नेपालले विश्व किर्तिमान (भिडियो सहित)

काठमाडौं : सिन्धुपाल्चोक मांखा गाविसका पुष्कर नेपाल चार्टर्ड एकाउन्टेनका विद्यार्थी हुन्। तर उनी अहिले ‘गिनिज बुक अफ वर्ल्‍ड रेकर्ड’ बनाउने अभियानमा लागेका छन्। आठ महिनादेखि आफ्नो खुट्टाले आफ्नै टाउकोमा हान्दै अभ्यास गरिरहेका पुष्करले एक मिनेटमा एक सय २७ पदकभन्दा बढी ‘खुट्टाले टाउकोमा हान्ने’ कीर्तिमान बनाउन लागेका हुन्। पुष्करले आगामी शुक्रबार विशेष कार्यक्रम आयोजना गरी नयाँ कीर्तिमान बनाउने अभियानको थालनी गर्ने जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिए। ‘विश्वमा नेपालीको पहिचान विभिन्न किसिमले बन्दै गएको छ। म पनि खुट्टाले आफ्नै टाउकोमा हानेर विश्व कीर्तिमान बनाउने देश नेपाल हो भनेर चिनाउन चाहन्छु’, १९ वर्षीय पुष्करले भने। अहिले उक्त कीर्तिमान अमेरिकी नागरिक जोएल जेन्डिकरको नाममा छ। जेन्डिकरले एक मिनेटमा एक सय २७ पटक खुट्टाले टाउकोमा हिर्काएका थिए। पुष्करले आफू एक मिनेटमा एक सय ३६ पटक खुट्टाले टाउकोमा हिर्काउन सक्षम रहेको बताए। गिनिज बुक अफ वल्र्ड रेकर्डले आफूसँग दृश्य र समयसहितको भिडियो माग गरेको जानकारी पनि पुष्करले दिए। ‘गिनिज बुक अफ वल्र्ड रेकर्डका पदाधिकारीलाई नेपालमा ल्याउँदा आठ हजार पाउन्ड खर्च हुन्छ। त्यो रकम खर्च गर्ने मेरो क्षमता छैन। त्यसैले उनीहरूकै सल्लाहमा मैले फुटेज सहितको भिडियो पठाउन लागेको हुँ’, पुष्करले भने। रेकर्डका लागि पुष्करले शुक्रबार पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा आफ्नो कौशल प्रदर्शन गर्ने भएका छन्। पुष्करको यस अभियानलाई टी थ्री थकाली ग्रुपले सहयोग गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तस्बिर /  भिडियो सौजन्य : अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्