
आइक्यानको नतिजामा निकै नै कम बिधार्थी उतीर्ण भईरहेका बेला आइक्यानमा
हुन्छ भनेर बिधार्थीले पटक पटक गुनासो पोखिरहेको बिषय हो नतिजा कालोबजारी
अर्थात रिजल्ट कार्टेलिंगको । बिधार्थी मात्र होइन सिएसंग सरोकार राख्ने
अरु केहि सरोकारवालाहरुले पनि बेलाबेलामा उठाउने बिषय हो यो। पछिल्लो
समयमा अझ सिए बिधार्थी उतिर्ण प्रतिशतको डरलाग्दो तथ्यांक सार्वजनिक भए
पछि त बिधार्थीहरु यस बिषयमा खुलेरै चर्चा गर्न थालेका छन्। तर के साँचै
नै आइक्यानमा नतिजा कालो बजारी हुन्छ त भन्ने प्रश्न यतिबेला निकै चर्चाको बिषय बनेको छ। गत जुनमा आइक्यान अन्तर्गत क्याप टुको परिक्षा दिएका एक बिधार्थी त्यति बेला झसङ्ग भए, जति बेला सबै उत्तर मिलाएर आएको छु भन्ने अकाउन्ट बिषयमा जम्मा २९ अंक आयो। अझ दोश्रो समूहमा फ़ाइनाइन्स बिषयमा ५८ आएर एक्जेम्सन नआएको पिडाले उनलाई अझै सतायो। उनि मात्र होइन बिसेषगरि क्याप टु अध्ययन गर्ने बिधार्थीहरुलाइ आफ्नो नतिजाका बिषयमा निकै नै संका हुने गरेको छ। कुनै एटेम्टमा सोच्दै नसोचेको बिषयमा उतिर्ण हुनु र कुनै परिक्षामा उतिर्ण हुने पक्कापक्कि भएको बिषयमा फेल हुनुले बिधार्थीहरुलाई आइक्यानमा नतिजा कालोबजारी हुन्छ भन्ने संका लाग्ने गरेको छ। अझ एक वा दुइ अंकले उतिर्ण नहुने बिधार्थीहरुलाई त नतिजा कालोबजारीको संका अझ बढी मात्रामा हुने गरे बिधार्थिहरुको भनाइ छ।
के हो बिधार्थीले आरोप लगाएको नतिजा कालोबजारी ?: नतिजा कालोबजारी भन्नाले कोटा तोकेर बिधार्थी उतिर्ण गराउने प्रणाली हो। बिश्वका विभिन्न मुलुकका विभिन्न निकाय तथा बिश्व बिधालायलाई यस्तो आरोप विभिन्न समयमा लाग्दै आएको छ। नेपालमा पनि विभिन्न बिश्व बिधालय देखि प्लस टुका नतिजाहरुमा अनियमितता भएका समाचारहरु सार्वजनिक भएका छन् भने आइक्यानलाइ पनि यस खाले आरोप लाग्दै आएको छ। कालो बजारीबारे बिधार्थीहरु भन्छन् ,” हाम्रो उत्तर पुस्तिका हेर्न पाउने नियम छैन। परिक्षा राम्रो हुन्छ, तर नतिजा फेल आउछ, के बिराएँ भन्ने नै थाहा हुदैन, त्यसैले नतिजा कालोबजारी हुन्छ भन्ने गुनासो वा संका हुनु स्वोभाविक हो। ” अझ केहि अंक ले मात्र अनुतिर्ण हुनु वा सोच्दै नसोचेको बिषयमा पास र एकदम राम्रो सोचेको बिषयमा फेल हुनुले पनि बिधार्थीहरुलाई आइक्यानमा कालो बजारी हुन्छ भन्ने संकालाइ अझै मलजल गरेको बिधार्थीहरु बताउँछन् ।
बिगतमा पनि थियो कालोबजारीको चर्चा : केहि वर्षअघि कान्तिपुर रास्ट्रिय दैनिकले पनि एक व्यक्ति एक पेसा को आन्दोलन असफल भएपछी गरेको विश्लेषणमा आइक्यानमा कोटा तोकेर बिधार्थी उतिर्ण हुने गरेको आरोप सहितको सामाग्री प्रस्तुत गरेको थियो। आइक्यान ईतिहास कै कमजोर कालखण्डमा आएको विश्लेषण गर्दै उक्त पत्रिकाले आइक्यानमा नतिजा कालोबजारी हुने गरेको भन्ने संकेत दिएको थियो। त्यति बेला पनि आइक्यानमा हुने भनेर विभिन्न सरोकारवालाहरुले लगाएको नतिजा कालोबजारीको आरोपको चर्चाले पनि राम्रै स्थान पाएको थियो। यध्यपी त्यति बेला पनि आइक्यानका प्रतिनिधिहरुले आइक्यानमा त्यस्तो नहुने भन्ने सार्वजनिक सुचना निकाल्न समेत आँट गरेका थिएनन्। मिडियामा नै यस्तो विश्लेषण आउदा पनि आइक्यान किन बोलेन भन्ने प्रश्नले पनि नतिजा कालो बजारी हुन्छ भन्ने बिधार्थीको आरोपलाइ मलजल पुगेको थियो भन्ने विश्लेषण विभिन्न सरोकारवालाहरुले गरेका थिए ।आइक्यानका पधाधिकारीहरुजो भनाइको भिडियो हेर्न
यहाँ क्लिक गर्नुहोस।
के भन्छनआइक्यानका पधाधिकारीहरु? : नतिजा कालो बजारी हुन्छ वा आइक्यानमा कोटा तोकेर बिधार्थी उतिर्ण हुन्छन् भन्ने बिषयमा आइक्यानका प्रतिनिधि यसलाई ठाडै अस्युकार गर्छन। सिए सरोकार टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिदै आइक्यानका पूर्व अध्यक्ष मधुबिर पाण्डेले केहि समय अगाडी त्यस्तो नहुने बाताएका थिए। यसैगरि आइक्यानका तर्फबाट सिए बिनय प्रकाश श्रेष्ठले पनि आइक्यानमा कोटा तोकेर बिधार्थी उतिर्ण गराइन्छ भन्ने कुरा सहि नभएको बताएका थिए। यसै गरि सिए सरोकारसंगकोअन्तर्वार्ताकै क्रममाआइक्यानका पूर्वअध्यक्ष महेश गुरागाईले पनि आइक्यानमा कालोबजारी नहुने बताएका थिए। पछिल्लो समय एक कार्यक्रममा बोल्दै एक्यानकाअध्यक्ष भरत रिजालले पनि आइक्यानमा नतिजा कालोबजारी नहुने ठोकुवा गरेका थिए।
नतिजा कालोबजारी हुदैन भने उत्तरपुस्तिका देखाउनुस न त ! : एनकासा अध्यक्ष मनोज पौडेल :
यसै बीच आइक्यानमा नतिजा कालो बजारी हुने हल्ला चलिरहेका बेला गत एक कार्यक्रममा नतिजा कार्टेलिंग नहुने भए बिधार्थीहरुलाइ आफुले लेखेको उत्तरपुस्तिका देखाउन एनकासा अध्यक्ष मनोज पौडेलले आइक्यानसंग माग गरेका छन्। बिधार्थीको मनमा आइक्यानको नतिजा प्रति चिसोपना भएको बताउदै उहाले आइक्यानमा कालोबजारी हुदैन भन्ने ग्यारेन्टी भए बिधार्थीहरुलाइ उत्तर पुस्तिका देखाउन आग्रह गर्नु भएको हो। अरु देशका सिए संस्थाहरुमा पनि उत्तरपुस्तिका देखाउने चलन भएको स्मरण गर्दै उहाले यस्तो अभिव्यक्ति दिनुभएको हो। लेख्दा लेख्दै सोचे जस्तो अंक नआएको बिधार्थीको गुनासो छ भने उता आइक्यान
त्यस्तो नभएको दाबि गर्छ। त्यसो भए किन बिधार्थी उतिर्ण भईरहेका छैनन् त
भन्ने बिषय पनि टड्कारो बिषय बनेको छ। आइक्यानका प्रतिनिधिहरु बिधार्थिकै
पढाइ कमजोर भएको बाताउछन् भने बिधार्थीहरुले लेख्दा लेख्दै पनि नम्बर नआएको
प्रतिक्रिया दिएका छन्।
प्रकाशित मिति :२०७१ साल कार्तिक १८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्