
दिएका छन् । आर्थिक दैनिकमा खबर छ। विभिन्न सहकारी क्षेत्रमा १० वर्षभन्दा बढी समय ‘अडिट’ कार्यमा
संलग्न गुरागार्इंले राष्ट्रिय सहकारी बैंकबाट राजीनामा दिएका हुन् ।
सहकारी संघ सम्बन्धित आधा दर्जनभन्दा बढी संस्थाहरुमा आबद्ध रहेका गुरागाईं
विगतमा सहकारी बैंकमा रहेको खराब कर्जामा सुधार ल्याउन तथा बैंकको वित्तीय
अवस्था सबल र सुदृढ बनाउने उद्देश्यअनुरुप त्यहाँ गए पनि व्यवस्थापनले
असहयोग गरेको तथा खराब कर्जा अत्यधिक रहेकोले सुधार ल्याउन निकै नै कठिन
भएका कारण राजीनामा आएको हुनसक्छ, स्रोतले भनेको छ । बैंकमा झण्डै छ अर्ब
रुपैयाँको हाराहारीमा कर्जा रहे पनि अधिकांश कर्जाहरुमा धितो कमजोर रहेको,
केहीमा धितो नक्कली रहेको, केहीलाई स्वीकृत कर्जाभन्दा निकै नै उच्चरुपमा
कर्जा प्रवाह गरेको देखिएको छ । यसमध्येमा सबैजसो कर्जा बैंकका सञ्चालक
संलग्न सहकारी संस्थाहरुमा रहेको र ती कर्जाहरुको हालको अवस्थामा तत्काल
उठ्ने सम्भावना समेत न्यून देखिएपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
महाप्रबन्धक
केबी उप्रेतीले एकलौटी ढंगबाट बैंक चलाउँदै सबैजसो निर्णयमा हस्तक्षेप
गर्ने गरेको र आफूअनकूलका व्यक्तिहरुलाई भने नियम मिचेर भए पनि कर्जा दिने
गरेको समेत स्रोत बताउँछ । बैंकमा जम्मा भएको सात हजारभन्दा बढी सदस्य
सहकारी संस्थाहरुको निक्षेप तथा सेयर रकमलाई आफ्नै खल्तीको रकमजस्तो गरी
उप्रेतीले प्रयोग गर्ने गरेको आरोप समेत स्रोतले लगाएको छ । स्रोतका अनुसार
बैंकमा हाल उप्रेती प्रमुख रहने गरी छ सदस्यीय व्यवस्थापन समिति रहेकोमा
गुरागाईंले राजीनामा दिएपछि हाल पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।
बैंकमा नबराज उपाध्याय प्रबन्धक, हरिकृष्ण सापकोटा प्रबन्धक, मोहन कार्की
अधिकृत र नविन कुमार कार्की अधिकृत रहेका छन् । स्रोतका अनसार उनीहरु समेत
महाप्रबन्धक उप्रेतीको कार्यशैलीप्रति निकै रुष्ट भएका छन् ।
बैंकको
खर्च पारदर्शी नभएको, कतिपय अवस्थामा सञ्चालकहरुले फर्जी कागजको आधारमा
समेत खर्च देखाएर अनियमितता गरेका छन् । सञ्चालकहरुले गरेको यस्तो खर्चलाई
समेत नियमसंगत रुपमा खर्च गरेको देखाउने गरेको र यसमा असहयोग गर्नेहरुलाई
राजीनामा दिन बाध्य पारिने समेतको अवस्था रहेकोे समेत बैंक स्रोतले बताएको छ
। स्मरण रहोस्, राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा फर्जी
कागजमार्फत बैंकमा ठूलो चलखेल भएको थियो । सञ्चालक समितिका अध्यक्ष रमेश
प्रसाद पोखरेलसहितको जम्बो टोलीले चारपटक हवाई जहाज चढ्दा सातपटकको
भुक्तानी लिएको राष्ट्र बैंकको प्रतिवदेनमा उल्लेख छ । राष्ट्र बैंकले बढी
नियमविपरीत लिएको भुक्तानी फिर्ता गर्न र सोको जानकारी राष्ट्र बैंकमा
पठाउन निर्देशन दिएको वर्ष दिन नाघिसक्दा पनि बैंक व्यवस्थापन समितिले
दोषीलाई कारबाही गर्नेतर्फ कुनै चासो देखाएको छैन, उल्टो दोषीलाई उन्मुक्ति
दिएर दोषीमाथि झन् बढी मात्रामा कर्जा दिने काम भएको छ, स्रोत भन्छ ।
स्रोतका
अनुसार अध्यक्ष पोखरेल, सञ्चालक हरिनारायण योगी, श्रीमती सरिता भट्टराई,
रामशरण घिमिरे, केबी उप्रेती, डा. विदुर चालिसे, केदार न्यौपाने, विजयराज
घिमिरे र महेश्वर श्रेष्ठसहितका व्यक्तिहरुले बैंकको स्रोत र साधनको चरम
दुरुपयोग गर्ने गरेका छन् । सोबारे जानकारी लिने र उनीहरुको गलत कार्यको
विरोध गर्ने कर्मचारीहरुलाई भने उप्रेतीले छानीछानी सरुवा गर्ने तथा सेवा र
सुविधामा समेत कटौती गर्ने गरेको दाबी समेत स्रोतले गरेको छ ।आर्थिक दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस्