
एभरेस्ट इन्सुरेन्स कम्पनीको अनियमिततामा पूर्वअध्यक्ष राजेन्द्र
खेतानको संलग्नता पुष्टि भएको छ । पक्राउ परेका कम्पनीका पूर्वसिइओ
केवलकृष्ण श्रेष्ठ र नायब महाप्रबन्धक अनिल ढुंगेलमाथि अनुसन्धानको क्रममा
खेतानको संलग्नताको पुष्टि भएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा
पूर्वसभासद्समेत रहेका खेतानको संलग्नता पुष्टि भएको हो । आफू फस्ने थाहा
पाइसकेका खेतान पूर्वसिइओ श्रेष्ठ पक्राउ परेलगत्तै फरार भइसकेका छन् ।सिआइबीले इन्सुरेन्स कम्पनीको अनियमिततामा साथ दिने दुई लेखापरीक्षकलाई
बिहीबार पक्राउ गरेको छ । सन्तोष एन्ड कम्पनीका सञ्चालक तथा लेखापरीक्षक
जगदीश अग्रवाल र अग्रवाल एन्ड कम्पनीका सञ्चालक भारतीय नागरिक गोपाल
अग्रवाललाई सिआइबीले पक्राउ गरेको हो ।कम्पनीमा भएको अनियमिततामा उनीहरूले साथ दिएकाले पक्राउ गरिएको
सिआइबीले जनाएको छ । विभिन्न शीर्षकमा भुक्तानी भएको देखाएर कम्पनीका सिइओ
केवलकृष्ण श्रेष्ठले आफैँले दुई करोड ५० लाख ८९ हजार रुपैयाँ लिएका थिए ।
नक्कली बिलका आधारमा कम्पनीबाट भुक्तान गरिएको अनुसन्धानमा खुलेको छ ।
त्यसरी अनियमित तरिकाले भुक्तान भएको रकमलाई बेरुजुमा नदेखाई
लेखापरीक्षकहरूले अनियमिततामा साथ दिएका थिए । उनीहरूले विगत चार वर्षदेखि
सो कम्पनीको लेखापरीक्षण गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्