Skip to content

नेपाली सिए विधार्थीलाई गरियो सेलिब्रेटी जस्तै ब्यबहार

भारतको बैंगलोरमा जारी अन्तराष्ट्रिय सिए कन्फेरेन्स सम्पन्न भएको छ।  आज अपरान्ह कार्यक्रम सम्पन्न भएको हो।  विभिन्न देशहरुबाट विधार्थीहरुको प्रतिनिधित्व रहेको भए पनि नेपाली विधार्थी भने विशेष आकर्षणको केन्द्रबिन्दु बने कार्यक्रमभर।  कार्यक्रममा उपस्थित २००० भन्दा बढी सहभागिहरु नेपाली विधार्थीका हरेक क्रियाकलाप नियालिरहेका थिए।  उनीहरुले लगाएको पोशाक विशेष आकर्षणको केन्द्रबिन्दु बनेको थियो।  कार्यक्रममा अरु देशका विधार्थीभन्दा नेपाली बिधार्थीहरुलाई खास महत्व दिईएको भान गरिरहेका थिए विधार्थीहरु।  विशेष गरी नेपालीहरुसंग कुराकानी गर्न, तस्विर खिच्न देखि उनीहरुसंग अरु कुराकानी गर्न कुनै सेलिब्रेटिलाई दर्शकले घेरे झैं गरी घेरेका थिए सहभागीहरुले। 
बारम्बार नेपाल कै कुरा : कार्यक्रममा विभिन्न बहानामा नेपालको कुरा भईरहेको थियो।  नेपाली विधार्थीहरुले गरेको प्रस्तुति देखि नेपालको सांस्कृतिक पक्षको कुरा पनि राम्रै संग चलेको थियो।  हिजो आफ्नो प्रस्तुतिमा एक नेपाली सिए विधार्थी ले गौतम बुद्ध र पशुपतिनाथको देश भन्दै आफ्नो देशलाइ चिनाएको कुराले पनि राम्रै चर्चा बटुलेको थियो। 
फोटो खिच्न भ्याई नभ्याई : कार्यक्रम अवधि भर नेपाली सिए विधार्थीहरुलाइ अरु सहभागीको आग्रहमा फोटो खिच्न भ्याईनभ्याई भईरहेको थियो।  खाना खाने ब्रेकमा सबैको अनुरोधमा फोटो खिच्न एक मिनेट पनि फुर्सद नपाएका उनीहरु कार्यक्रम अवधि सकिएपछी पनि अरु थुप्रै संग फोटो खिच्नै पर्ने बाध्यतामा परे।  नाइँ भन्न पनि नसकिने हुनाले विधार्थीहरुको अरु खास काम भन्दापनि अरुकै अनुरोधमा फोटो खिच्नु पर्ने भएकाले खास सेलिब्रेटी नै भएका थिए कार्यक्रममा।  नेपाली सिए बिधार्थीले दिनभरमा ५० भन्दा बढी समूहसंग फोटो खिच्नु परेको थियो।  बिसेष गरी नेपाली विधार्थीले लगाएको भादगाउले टोपीका कारण फोटो खिच्न लालायित भएको केहि सहभागीहरुको भनाइ थियो। 
मिडियालेको प्राथमिकतामा पनि नेपाली सिए विधार्थी  : भारतीय संचार गृहहरुले पनि कन्फेरेन्सको समाचारमा नेपाली हरुलाई नै बढी प्राथमिकता दिएका थिए।  विभिन्न टेलिभिजन तथा पत्रिका हरुबाट आएका पत्रकार हरुलाई कार्यक्रममा आफ्नो सहभागिता बारे जानकारी दिनु पनि विधार्थीहरुको काम जस्तै बनेको थियो। आजका केहि दैनिक पत्रिका र टेलिभिजनले नेपालीहरुको भेषभूसा, सहभागिता जस्ता बिषयलाइ निकै नै प्राथमिकता दिएका छन्।  आज इन्डियन एक्सप्रेस, दि डेली क्रोनिक एक्प्रेस,टेम्पो ट्राभल टेलिभिजन, बि टि  भी जस्ता टेलिभिजनमा नेपाली बिधार्थीहरुको खबर छ। 
सगरमाथा, खुकुरी र रास्ट्रीय झण्डाका कुरा : नेपाली बिधार्थीहरुलाई कार्यक्रमका बारेमा केहि बोल्न आग्रह गरिएपछी नेपाली बिधार्थीले आफ्नो रास्ट्र कथालाइ अझ बलियो रुपमा प्रस्तुत गरे। २००० भन्दा बढी सहभागीहरुका अगाडी सुरज प्याकुरेलले आफ्नो देशका बारे ब्रिस्तित रुपमा जानकारी दिदैं सबैलाई कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा धन्यबाद दिएपछी नेपालीहरुको चर्चा अझै चुलिएको थियो।  कार्यक्रममा नेपालका विभिन्न सम्पदाहरुको खास चर्चा गरिएको थियो भने नेपाल र भारत बीचको सम्बन्धका बारेमा पनि बोलिएको थियो। 

प्रतिक्रिया दिनुहोस्