Skip to content

आईक्यानमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान ) अन्तर्गत पढिरहेका
बिधार्थीहरुको एसोसिएसन (एनकासा) र आईक्यान अन्तर्गतको कर्मचारी संगठन
निओनको संयुक्त आयोजनामा आईक्यानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 
आइक्यानको १८औं बार्षिक उत्शवको अवसरमा एनाकासा र निओनको आयोजनामा
कार्यक्रम सम्पन्न भएको हो ।  २०७१ साल माघ १२ गते
सोमबार अर्थात आज आईक्यान परिसर बबरमहलमा बिहान १०:३० बजे देखि २:०० बजेसम्म आयोजना  भएको 
कार्यक्रममा आईक्यानका  विधार्थी, आईक्यानका काउन्सिल सदश्यहरु , आईक्यानका कर्मचारी , संचारकर्मी, एक्यानका कर्मचारी  तथा सिएहरुले सहभागिता जनाएका थिए । कार्यक्रमलाई एनकासाका तर्फबाट रुषा गिरिले संयोजन गर्नुभएको थियो भने आईक्यानका कर्मचारीहरुको पनि उल्लेखनीय सहभागिता थियो। नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान ) अन्तर्गत पढिरहेका
बिधार्थीहरुको एसोसिएसन (एनकासा) र आईक्यान अन्तर्गतको कर्मचारी संगठन
निओनको संयुक्त आयोजनामा वर्ष नै पिच्छे यसखाले रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको एनकासा स्रोतले बताएको छ।
 

प्रतिक्रिया दिनुहोस्