Skip to content

सिएको उपस्थितिबिना ६ खर्बभन्दा बढी खर्च भइरहेको छ (नागरिक दैनिकबाट )

पहिलो नेपाली चार्टर्ड एकाउन्टेन्ट भएको करिब ५० वर्ष भएको छ। हालसम्म करिब एक हजारको संख्यामा नेपाली चार्टर्ड एकाउन्टेन्ट भइसकेका छन्। १५ वर्ष पहिलेसम्म पनि विदेशमा गएर यो कोर्स अध्ययन गर्नुपर्ने अवस्था थियो तर हाल यस कोर्षको अध्यापन नेपालमा हुने गरेको छ। नेपालमा करिब दश हजार र भारतमा पनि लगभग त्यति नै संख्यामा नेपाली विद्यार्थी सिए कोर्स अध्ययन गरिरहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष सिए भरत रिजाल बताउँछन्। हाल वार्षिक रुपमा करिब १ सय ५० जना नयाँ चार्टर्ड एकाउन्टेन्ट थपिइरहेको उनको भनाई छ। नेपालमा चार्टर्ड एकाउन्टेन्टको अवस्था, अवसर, समस्या, रोजगारीको सम्भावना, समग्र एकाउन्टिङ बारे नागरिकका विष्णु बेल्वासेले रिजालसँग गरेको कुराकानीः
चार्टर्ड एकाउन्टेन्टको अवस्था कस्तो छ?
चार्टर्ड एकाउन्टेन्ट एउटा विश्वव्यापी विशेषज्ञ पेशा हो जसले लेखा, लेखापरीक्षण, कर, वित्तीय व्यवस्थापन, वाणिज्य कानुन जस्ता विषयमा विज्ञता हासिल गरेका हुन्छन्। चार्टर्ड एकाउन्टेन्टहरुको माग विश्वव्यापी रुपमै बढिरहेको छ। पहिलो नेपाली चार्टर्ड एकाउन्टेन्ट भएको करिब ५० वर्ष भयो र हालसम्म करिब एक हजारको संख्यामा नेपाली चार्टर्ड एकाउन्टेन्ट भइसकेका छन्। १५ वर्ष पहिलेसम्म पनि विदेशमा गएर यो कोर्स अध्ययन गर्नुपर्ने अवस्था थियो। तर, २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन बनेपछि नेपालमै पनि यो कोर्षको अध्यापन भइरहेको छ। नेपालमा करिब दस हजार र भारतमा पनि लगभग त्यति नै संख्यामा नेपाली विद्यार्थी सिए कोर्स अध्ययन गरिरहेका छन्। हाल आएर वार्षिक रुपमा करिब १ सय ५० जना नयाँ चार्टर्ड एकाउन्टेन्ट बनिरहेका छन्। नेपालमा यो पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको छ।
चार्टर्ड एकाउन्टेन्टको अवसर के कस्तो छ?
सिएहरुको करियरपाथ मुख्यतः तीन किसिमको हुन्छ। पहिलो, विभिन्न किसिमको परामर्श सेवा तथा लेखापरीक्षण सेवा दिने गरी प्राक्टिसमा बस्ने। दोस्रो, कुनैपनि संघ/संस्थामा मुख्यतः लेखा तथा वित्तीय व्यवस्थापन गर्नेगरी रोजगारीमा लाग्ने र तेस्रो आफ्नै कुनै व्यापार/व्यवसाय सञ्चालन गर्ने। नेपालमा करिब ४१ प्रतिशत सिए प्राक्टिसमा रहेका छन् जसले विभिन्न सरकारी, गैरसरकारी निकाय, नेपाली कम्पनीहरु तथा ठूला विदेशी कम्पनीहरुलाई विभिन्न खाले परामर्श सेवा प्रदान गर्ने र त्यस्ता निकायहरुको लेखा परीक्षण गर्ने गर्दछन्। रोजगारीमा जानेको संख्या करिब ४९ प्रतिशत छ भने करिव १० प्रतिशतले आफ्नै व्यापार/व्यवसाय गरेका छन। पछिल्लो समयमा आफ्नै व्यापार/व्यवसाय वा उद्योगमा पनि सिएले राम्रो सफलता हासिल गरेका छन।
 चार्टर्ड एकाउन्टेन्सी पढेर रोजगारी पाउने अवसर कतिको हुन्छ?
कुनै पनि संस्थामा वित्तीय व्यवस्थापनको मुख्य भूमिका हुन्छ। मुनाफाबिना कम्पनीले आफ्ना कर्मचारीलाई राम्रो पारिश्रमिक वा लगानीकर्तालाई प्रतिफल दिन सक्दैन। त्यसका लागि सेवा वा वस्तुको मूल्य निर्धारण, खर्च तथा लागत नियन्त्रण र नयाँ उत्पादनको सन्तुलन कायम गर्नमा सिएको मुख्य भूमिका रहन्छ। हरेक संघ/संस्थामा लेखा, वित्त, आन्तरिक नियन्त्रण प्रमुखलगायत प्रमुख कार्यकारीमा समेत सिएको लागि रोजगारीको अवसर रहन्छ। नेपालमा मुख्यतः बैंक तथा बिमा, टेलिकम, हाइड्रो पावर, हस्पिटल, एयरलाइन्स, गैरसरकारी संस्था, आदिमा सिएले राम्रो अवसर पाएको देखिन्छ। यसका अतिरिक्त नेपाल राष्ट्र बैंक तथा महालेखापरीक्षकको विभागमा समेत सिएले राम्रो अवसर पाएका छन्। विदेशमा समेत करिब ३० देशमा नेपाली सिए यी सबै क्षेत्रमा लेखा विज्ञदेखि प्रमुख कार्यकारीको हैसियतमा काम गरिरहेका छन्।
चार्टर्ड एकाउण्टेन्सी क्षेत्रका समस्या के छन्?
हामीले मुख्यतः दुईवटा समस्या देखेका छौं। पहिलो लेखापरीक्षकले के गर्छ र के गर्नुपर्छ भन्नेबारे लेखा व्यवसायीको बुझाई र अन्य समुदायको बुझाईमा धेरै दरार रहेको पाइन्छ। सरोकारवाला, नियमनकारी निकाय र कानुन र न्यायसँग सम्बन्धित निकायमाझ पनि लेखा परीक्षणको दायरा, पद्दति, सिद्धान्त, सीमा र दायित्वजस्ता विषयहरुमा अन्यौल छ ।
चार्टर्ड एकाउन्टेन्ट्स ऐन लागु भएको १८ वर्ष भइसक्दा पनि मुलुकी ऐनकै कुरा गर्ने ठूलो जमात छ। यी कुरा प्रष्ट रुपमा सबैलाई बुझाउन नसक्नु अहिलेको मुख्य समस्या बनेको छ। दोश्रो, सिए रोजगारीका लागि विदेशिने प्रवृत्ति बढ्दो छ। यसरी विशेषज्ञ जनशक्ति पलायन हुने अवस्था रोकी देश विकासमा उनीहरुलाई कसरी सरीक गराउने भन्ने हो। यसका साथै एनरोन र सत्यमको घटनापछि लेखा परीक्षणमा जोखिम बढ्दै गइरहेको तथा पारिश्रमिक अत्यन्त न्यून छ।
उद्योगी व्यवसायीले जालसाजी गरे त्यसको दोष तपाईंहरुलाई लगाइन्छ नि? कारण के हो?
यसको मुख्य कारण अघि मैले भनेजस्तै हो, बुझाईमा समस्या। पहिलो कुरा, लेखा राख्ने (बुक किपिङ/एकाउन्टीङ) र लेखापरीक्षण (एडिटिङ) को भिन्नता जानकारी हुनुपर्यो(। लेखा राख्ने मान्छे भनेको कुनैपनि कम्पनीको कर्मचारी हो। उसले आफ्नो रोजगारदाताले भनेको मान्नुपर्ने हुन्छ तर उसले आफूले प्रेरित गरेको होइन। अर्को कुरा लेखा परीक्षणका क्रममा जोखिमको आधारमा छड्के परीक्षण र विश्लेषणात्मक पद्धति अपनाई लेखापरीक्षण गरिने हुनाले वित्तीय विवरणका सबै गलत आँकडाहरु पत्ता नलाग्न पनि सक्छन्। जालसाजी नियतवश गरिने र कुशलतापूर्वक लुकाइने हुनाले लेखा परीक्षणको पद्दति त्यस्ता जालसाजी पत्ता लगाउन प्रभावकारी नहुन पनि सक्छ। लेखा परीक्षण सिमित समय र खर्चको सीमाभित्र गर्नुपर्ने भएकाले सबै कुरा समेट्न वा पूर्ण आश्वस्तता दिन सक्दैैन। यो अन्तर्राष्ट्रिय लेखा परीक्षणमानले समेत मानेको कुरा हो। लेखा परीक्षण र अनुसन्धान फरक कुरा हुन्। लेखा परीक्षकलाई अनुसन्धानको अधिकार पनि हुँदैन। त्यसकारण लापरवाही ढंगले काम गरेको अवस्था बाहेक जालसाजीमा लेखापरीक्षक उत्तरदायी ठहर्दैन।
मूल्य अभिवृद्धि कर(भ्याट) तथा आयकर छलीमा तपाईहरुको संलग्नता हुन्छ भन्ने आरोप छ नि?
कुनै पनि व्यवसायीले कर बचत (भ्याट सेभिङ) गर्न खोज्ने अन्तराष्ट्रिय प्रचलन नै हो। त्यसका लागि कर योजना (ट्याक्स प्लानिङ) गर्ने र विशेषज्ञको सहायता लिने कानुनी अधिकार पनि हो। ट्याक्स प्लानिङ/ट्याक्स इभासन (कर छली) फरक कुरा हुन्। व्यापारीले नियतवश गर्ने करछली खोतल्न सक्ने वा रोक्न सक्ने संयन्त्र राज्यले व्यवस्था गर्नुपर्छ। हतारमा भएको मान्छेले ट्राफिक नियम मिचेर दौडने मानवीय स्वभाव हो। ट्राफिक संयन्त्र चुस्त र कडा हुनुपर्छ त्यो रोक्न। राज्यले कर छली रोक्न विशेषज्ञ जनशक्तिको उपयोग गर्नुपर्योन।
सरकारले सिएलाई हेर्ने दृष्टिकोण कस्तो छ? सरकारले के गरिदिए चार्टर्ड एकाउन्टेन्सी क्षेत्रको उन्नति हुन सक्छ?
विगत र अहिले केही फरक छ। विगतमा सिएलाई एउटा एकाउन्टेन्टको रुपमा मात्र हेरियो। प्राइभेट सेक्टरमा हामीले राम्रोे भूमिका निभाएका छौं। विगत एक वर्षदेखि हामीले नीतिगत तहमा र सरकारी निकायमा हाम्रो भूमिका चाहियो, सिएलाई पनि  क्षमता देखाउने मौका दिनुपर्यो  भनिरहेका छौं। भर्खरै सरकारले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव आयोग र कर फर्छ्यौट आयोगमा सिएलाई नियुक्त गरेको छ, जुन स्वागतयोग्य छ। तर कुनैपनि मन्त्रालय वा विभागहरुमा सिएको उपस्थिति छैन। कमसेकम सरकारी राजस्वको व्यवस्थापन गर्नुपर्ने ठाउँमा सिएको उपस्थिति जरुरी छ। राज्यले उनीहरुको ज्ञानको उपयोग गरी फाइदा लिनुपर्छ। हामी चाहन्छांै सबै मन्त्रालयहरुमा, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यलय, लगानी बोर्ड, राजस्व अनुुुसन्धान, अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, विश्वविद्यालय जस्ता ठाउँमा वित्तीय व्यवस्थापक, वित्त विश्लेषक, कर अधिकृत सिए हुनुपर्योस। जसले गर्दा राज्यको संयन्त्र पनि बलियो हुने राजस्व पनि बढी उठ्ने, लेखाप्रणाली पनि पारदर्शी र अन्तराष्ट्रिय स्तरको हुने, वित्तीय सुशासन हुने, ब्रेन ड्रेनको समस्या पनि समाधान हुने र समग्र रुपमा भन्नुपर्दा आर्थिक समृद्धिको लागि योगदान हुने। विडम्बनाको कुरा माथिको यी कुनै निकायमा सिएको उपस्थिति छैन। ६ खर्ब भन्दा बढीको बजेट एकजना पनि सिएको उपस्थिति बिना खर्च भईरहेछ।

देश विकासमा यस क्षेत्रले गरेको योगदान कस्तो छ?
पहिलो योगदान पारदर्शी लेखाप्रणाली र वित्तीय सुशासनको लागि। हाम्रो लेखाप्रणाली पनि अब अन्तराष्ट्रिय स्तरको भइसकेको छ। यसै वर्षदेखि नेपालमा क्रमिक रुपमा एनएफआरएस (नेपाल फाइनान्सियल रिपोटिङ स्ट्यार्न्डड लागु भइसक्यो जुन इन्टरनेसनल फाइनान्सियल रिपोटिङ स्टयान्डर्ड (आइएफआरएस) को नेपाली रुप हो। त्यसैगरी सरकारी निकायमा आइपिएसएएस (इन्टरनेसनल पब्लिक सेक्टर एकाउन्टिङ स्टयान्डर्ड लागु हुने क्रममा छ। यसले गर्दा लेखा प्रणाली अझ पारदर्शी हुने र वित्तीय सुशासन कायम गर्न मद्दत पुग्छ। विदेशी दातृ निकाय र विदेशी लगानीकर्ताका लागि यो पहिलो चासोको विषय हो। त्यसैगरी राज्यलाई प्राप्त हुने कर तथा राजस्वका कानुनको पालना गराउन लेखापरीक्षण तथा कर लेखापरीक्षणका माध्यमबाट हाम्रो योगदान रहेको छ। आर्थिक, वित्तीय तथा कर क्षेत्रमा सुधारका लागि हामीले बारम्बार सुझाव दिएकै छौं। बैंक तथा वित्तीय क्षेत्र लगायतका प्राइभेट सेक्टरमा सिएले कुशल व्यवस्थापकीय भूमिका देखाएर रोजगारी सिर्जना तथा आर्थिक वृद्धिमा योगदान पुुर्यााएकै छन्। कर्पोरेट सुशासनमा सिए अभिन्न अंग भइसके। वित्तीय विशेषज्ञ र वित्तीय सुशासनबिना अहिलेको व्यावसायिक युग चल्नै सक्दैन। लगानीकर्ताले कुनै पनि व्यवसायमा लगानी गर्ने, त्यसलाई कायम राख्ने वा बेच्ने कुराहरुको निर्णयहरु सिएमार्फत नै गर्ने हो।

विश्वसनियता, तटस्थता र निष्पक्षता मूलमन्त्रलाई कतिको पालना गर्नुभएको छ?
पहिलो कुरा हाम्रो आचारसंहिता छ जुन हरेक सदस्यहरुले पूर्ण रुपमा पालना गर्नु पर्छ । जनसरोकारको पेशा भएकाले निष्ठावान हुनु सबैभन्दा जरुरी कुरा हो। निष्ठा, गोपनीयता र स्वतन्त्र नहुने चार्टर्ड एकाउन्टेन्ट नै हुँदैनन्। सबैले हाम्रो आचारसंहिताको ध्यान राखेकै छन्।
आगामी दिनमा चार्टर्ड एकाउन्टेन्ट्स संघलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ?
हाम्रो मुख्य उद्देश्य देशमा लेखाव्यवसायको विकास, संरक्षण एवं सम्बर्द्धन गरी सुव्यवस्थित रुपले पेशा सञ्चालन गराउने र चार्टर्ड एकाउन्टेन्टहरुको सामूहिक हितको संरक्षण गर्ने हो। हाम्रो व्यवसायिक क्षमतालाई अझै परिस्कृत गर्दै सामाजिक मर्यादा पनि कायम नै राख्नुपर्ने छ। त्यसका लागि हाम्रो दक्षता अभिवृद्धि गर्ने र सरोकारवालालाई चार्टर्ड एकाउन्टेन्टको हुन्, सीमा के हुन्, दायित्व के भन्ने बुझाउनु पर्ने छ। लेखापरीक्षणका क्षेत्रमा जोखिम बढ्दै गएकाले त्यसको न्यूनीकरणको लागि काम सम्पन्न गर्न हाम्रो समय र जनशक्ति बढाउनु पर्ने अवस्थाको सृजना भएको छ। त्यसका लागि लेखा परीक्षकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आवाज उठाइरहेका छौं। सिएका लागि थप रोजगारी सृजना गर्न सूचीकृत पब्लिक कम्पनीहरु सबैमा अनिवार्य रुपमा वित्त प्रमुख सिए नै हुनु पर्ने कानुनी प्रावधानका लागि आवाज निरन्तर उठाउनु पर्ने छ। अघि भनेजस्तै सिएको उपस्थिति सरकारी निकायमा पनि गराउनु पर्ने छ। एक व्यक्ति एक पेशालाई समान रुपमा लागु गर्नुछ।  सिए कोर्सको विश्वव्यापी गुणस्तर कायम गर्न र हाम्रा सदस्यहरुले अन्तर्राष्ट्रिय रुपमा समान मान्यता पाउन हाम्रो पाठ्यक्रममा समायानुकुल परिवर्तन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्दै जानु पर्नेछ। साभार : नागरिक दैनिकबाट

पहिलो
नेपाली चार्टर्ड एकाउन्टेन्ट भएको करिब ५० वर्ष भएको छ। हालसम्म करिब एक
हजारको संख्यामा नेपाली चार्टर्ड एकाउन्टेन्ट भइसकेका छन्। १५ वर्ष
पहिलेसम्म पनि विदेशमा गएर यो कोर्स अध्ययन गर्नुपर्ने अवस्था थियो तर हाल
यस कोर्षको अध्यापन नेपालमा हुने गरेको छ। नेपालमा करिब दश हजार र भारतमा
पनि लगभग त्यति नै संख्यामा नेपाली विद्यार्थी सिए कोर्स अध्ययन गरिरहेको
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष सिए भरत रिजाल बताउँछन्। हाल
वार्षिक रुपमा करिब १ सय ५० जना नयाँ चार्टर्ड एकाउन्टेन्ट थपिइरहेको उनको
भनाई छ। नेपालमा चार्टर्ड एकाउन्टेन्टको अवस्था, अवसर, समस्या, रोजगारीको
सम्भावना, समग्र एकाउन्टिङ बारे नागरिकका विष्णु बेल्वासेले रिजालसँग गरेको
कुराकानीः – See more at:
http://www.nagariknews.com/economy/main-story/story/33788.html#sthash.WTVM9Zw1.dpuf

प्रतिक्रिया दिनुहोस्