Skip to content

यो आन्दोलन को मलाई कुनै तुक छ जस्तो लाग्दैन :सिए बिष्णु अर्याल

अहिले को लेखापरिक्षक को आन्दोलन मा
केहि ले समर्थन र कहिले यो ठिक छैन भनि रहेको अवस्था छ.. यहि संदर्भमा मैले
एउटा सन्देस लेखेको छु 
यो पोस्ट
गर्नु हुन्छ होला किनकि.. यो पेज सार्बजनिक स्थान हो.. र यसले केहि को पनि
समर्थन पनि गर्दैन.. बिरोध नि गर्दैन जसो लाग्छ.. सबैलाई समान स्थान दिन्छ
भन्नेमा मा बिस्वस्त छु..
यो आन्दोलन को मलाई कुनै तुक छ जस्तो
लाग्दैन.. म पनि आफैमा ७ वर्ष देखि सी ए को क्षेत्रमा काम गरि रहेको छु.. र
बास्तबिकता नि अनुभव गरि रहेको छु,, यो आन्दोलनलाइ समर्थन गर्ने ले निम्न
प्रश्न को उत्तर दिन सक्छन ??
१. नेपाल को कानुन ले जे भने पनि,
लेखापरीक्षण को बास्तबिकता एकदमै फरक छ.. नडराई भन्दा नेपाल मा वास्तविक
लेखा परिक्षण नै हुदैन.. मात्र हिसाब मिलाउने र कर मिलाउने मात्र कार्य
हुन्छ.. के ICAN ले यसका बिरुद्द कुनै ठोस कारबाही गरेर देखाएको छ??
२. ICAN भनेको कस्तो सस्था हो सबैलाई थाहा
नै छ.. त्यहाँ कारबाही गर्न बस्ने व्यक्तिहरु नि लेखापरीक्षण मा नै हुन्छन र
उ पनि हिसाब मिलाउन मै ब्यस्त हुने भएको ले उसले अरुलाई कारबाही गर्दा आफु
नि परिएला भनेर कारबाही गर्न कहिले अगाडी सर्दैन.. तपाइले त्यो अधिकारी
कहिले कारबाही गर्न अग्रसर भएको पाउनुभएको छ ??
३. ICAN को राजनीति नबुझेको यो पेसा संग
सरोकार राख्ने कोहि व्यक्ति छ जस्तो लाग्दैन.. त्यहाँ को पद पाउन को लागि
सेटिंग मिलाउन कै निम्ति नि कसैले पनि कारबाही गरेर नराम्रो देखिन चाहदैन..
यो वास्तविक नलुकेको सत्य हो.. अनि नेपाल मा कसरि सहि लेखापरीक्षण को
कार्य हुन सक्छ..???
४. कुनै सस्था को लेखापरीक्षण रिपोर्ट
हेरेर मान्छेले कुनै गम्भीर निर्णय लिन डराएको मैले मेरो अनुभव मा पाएको
छु.. मूल कारण हो लेखापरीक्षण मा विश्वास नहुनु ?? यसको जिम्मेवारी ICAN ले
लिन सक्छ ?? यो कसको कारण ले भएको हो ??
५. ल.. प्रहरी ले गलत मुद्दा लगाएर अदालत
मा लग्यो रे.. आफुलाई कानुन को राम्रै जानकार मान्ने लेखापरीक्षक ले
अदालतलाइ सम्मान गर्दै सो को निर्णय पर्खनु पर्थ्यो कि सोझै आन्दोलन को
बाटो रोज्ने ?? हामी सबैलाई अहिले सम्म अदालत ले न्याय दिन्छ भन्ने मा
विश्वास छ भने हामी किन कानुनी बाटो नजाने ?? किन मुर्ख नेता को जस्तो
आन्दोलन को बाटो रोजिरहेका छौ ?? के उत्तर छ तपाई हरुसग?? 
६. यदि लेखापरिक सहि हो भने त अदालत ले
निर्णय गरिहाल्छ नि.. त्यसपछि त झन् लेखा परिक्षण को नेपाल मा इज्जत बढेर
जान्थ्यो.. यदि यो आन्दोलन ले त्यो मुद्दालाइ तुहाए पनि यो गिरेको साख र
इज्जत फर्किन सक्दैन.. त्यसकारण समयमै बुद्दी पुर्याउ.. के एक मुद्दालाई
तुहौदैमा यस पेसामा लागेको कालो धब्बा सफा हुन्छ ??
७. चोर को खुट्टा काट भन्दा पहिले नै
खुट्टा उठाए जस्तो गरि एकै पल्ट लेखापरीक्षक हरु आन्दोलन मा आए.. कोहिले
पैसा सहायोग गर्ने नाटक गरे.. यसको अर्थ लेखापरिक्षक हरु आफ्नो काम बाट कति
डराएका रहेछन प्रस्ट हुन्छ.. उनीहरु कति खराब काम मा डुबेका रैछन भन्ने
कुरा घाम जस्तै प्रस्ट भैसकेको छ..
By:Bishnu Aryal

प्रतिक्रिया दिनुहोस्