Skip to content

बाढी पिडितका लागि एक्यानले संकलन गरेको रकम हस्तान्तरण

 नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले केहि समय अघि बाढी तथा पहिरो पिडितहरुका लागि संकलन गरेको रकम प्रधानमन्त्री सुशील कोइराला मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्दार राहत कोषमा जम्मा गरेको छ।  आज एक्यानबाट गएको सिए भरत रिजाल, सिए किरण डंगोल र सिए महेश गोदार सहितको टोलिले प्रधानमन्त्री सुशील कोइरालालाइ विभिन्न चार्टड एकाउण्टेन्टहरुबाट संकलन गरिएको  २,५७,७६९ (अक्षरुपी रु. दुइ लाख सन्ताउन्न हज्जार सात सय उनान्सत्तरी रुपैया )  हस्तान्तरण गरेको हो ।

सरकारी निकायमा सिएहरुको भूमिका थप्नुपर्यो :एक्यान 

रकम हास्तानातरणका क्रममा एक्यानका प्रतिनिधिहरुले सरकारी निकायमा चार्टड एकाउनटेन्टहरु कम भएको र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सिएहरु सरकारी निकायमा कम भएकाले त्यस बाट देशलाइ समेत घाटा भएको अबगत गराएको संघका अध्यक्ष रिजालले सिए सरोकारलाइ बताउनु भएको छ । समय अभावका कारण अन्य कुराहरु भने  राख्न नपाइएको उहाले जानाकारी दिनुभएको छ ।

औपचारिक पत्र ल्याउनुस , मन्त्रि परिसदद्सम्म  कुरा राख्छु : प्रधानमन्त्री
एक्यान प्रतिनिधिहरुको कुरा सुनिसकेपछि प्रधानमन्त्री  सुशील कोइरालाले सरकारी निकायमा सिएहरु कम भएको कुरा आफुलाई थाहा नभएको र यस कुरालाई सकेसम्म चाडो सम्बोधन गर्ने बताउनु भएको छ  । औपचारिक पत्र सहित यस कुराको जानकारी गराएको खण्डमा आफु यस कुरालाई मन्त्रीपरिषद् सम्म लाने उहाले बाताउनु भएको जानकारी सिए भरत रिजालले सिए सरोकार लाइ दिनु भएको छ । साथै संघका अध्यक्ष रिजालले तिहार लगत्तै एक्यानले औपचारिक रुपमा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्