नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान ) अन्तर्गत पढिरहेका बिधार्थीहरुको एसोसिएसन (एनकासा) र आईक्यान अन्तर्गतको कर्मचारी संगठन निओनको संयुक्त आयोजनामा आईक्यानमा रक्तदान कार्यक्रम हुने भएको छ। आइक्यानको १८औं बार्षिक उत्शवको अवसरमा एनाकासा र निओनको आयोजनामा कार्यक्रम सम्पन्न हुन लागेको हो। कार्यक्रम यहि २०७१ साल माघ १२ गते सोमबारका दिन आईक्यान परिसर बबरमहलमा बिहान १०:३० बजे देखि २:०० बजेसम्म हुने एनकासाले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ। बिस्तृत जानकारीका लागि रुषा गिरिलाई ९८४३५०१९५६ मा सम्पर्क गर्न सकिने बुझिएको छ। कार्यक्रममा सहभागी हुन एनकासाले समूर्ण विधार्थी, काउन्सिल सदश्य , कर्मचारी , संचारकर्मी तथा अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ।
यहि माघ १२ गते,आईक्यानमा रक्तदान कार्यक्रम हुँदै

प्रतिक्रिया दिनुहोस्