Skip to content

आफ्नी छोरी क्याप टू टपर भएपछी यसरि खुसी साटे सृष्टिका बाबुले

भनिन्छ ,सन्तानको सफलता नै जो कोहि बाबु आमाले पाउने सबै भन्दा ठूलो खुसी हो।  यस्तै भयो क्याप टू मा सबैभन्दा बढी अंक ल्याई आइक्यान टपर भएकी सृष्टि तिवारीका बाबुको हकमा पनि।  आफ्नी छोरी लाइ एक्यानले सम्मान गरेको तस्बिरलाइ उनले गर्वका साथ आफ्नो फेसबुकमा शेयर गरे… ” My daugher Shristi has made us all proud by securing first position in CAP II level of CA exams” क्याप्सन दिएर आफ्नी छोरीका साथ एक्यानले दिएको प्रमाण पत्र सहितको फोटो राखी उनले सबै आफन्तसंग खुसी साटेका थिए। 
आफ्नी छोरीले सिए परिक्षा अन्तर्गत क्याप टू तहमा प्रथम स्थान हाँसिल गरि
आफ्नो परिवारलाइ गर्ववान्वित  बनाएको खुसी साट्दै उनले आफ्नी छोरीसंग
बसेको तस्बिर शेयर गरेका थिए। सृष्टिका बुबा दिनेश बाबु तिवारी सरकारी
सेवामा कार्यरत छन्।

हाल जोशी एण्ड भण्डारीमा काम गरिरहेकी उनी प्राइम सिए बाट क्याप टू उतिर्ण
भएकी हुन्।  क्याप टू मा उतिर्ण भएका थोरै बिधार्थी मध्ये उनले सबै भन्दा
बढी अंक ल्याएकी हुन्। 

क्याप टू मा सबैभन्दा बढी अंक ल्याउने बिधार्थीलाइ एक्यानले हरेक बर्ष सम्मान गर्दै आएको छ भने आइक्यान ले पनि आइक्यान
दिवसको दिन सम्मान गर्ने गरेको छ।  निकै नै मेहेनती र मेधावी छात्रा
सृष्टिलाइ अर्थ मंत्री डा. राम शरण महत को उपस्थितिमा सम्मान गरिएको
थियो।

 
मेहेनतको फल मिठो हुन्छ र आफ्नो मेहेनत को फलले आफुलाई मात्र होइन आफ्नो परिवारलाइ पनि खुसि दिन सकिन्छ भन्ने राम्रो उदाहरणका रुपमा सृष्टि तिवारीको यो सफलतालाइ लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्