![]() |
संबिधान सभा निर्वाचन मङ्सिर ४ गते |
मङ्सिर ४ गते देश संबिधान सभाको दोश्रो निर्वाचन को तयारीमा छ । राजनीतिक दलहरु सम्पूर्ण मतदाता हरुलाई मतदान गर्न आग्रह गरिरहेका छन । देश पुरै चुनावि माहोल मा होमिसकेको अवस्थामा कुनै पनि हालत मा निर्वाचन हुने बताइरहेको छ । तर यता नेपाल सेन्टरमा आइ. सि. ए.आइ अन्तर्गत सिए फाईनल को परिक्षा दिन तयार भएका बिधार्थीहरु भने अलमलमा छन । देश मा बिरलै हुने संबिधान सभा निर्वाचन को बेलामा पनि परिक्षा को चिन्ता छ उनिहरुलाई । कारण २०७० मङ्सिर ४ गते अर्थात नोवेम्बर १९ तारिखका दिन उनिहरु नेपाल सेन्टर बाट आइ. सि. ए.आइ अन्तर्गत को सिए फाईनल को सातौ पेपर DIRECT TAX को परिक्षा दिदैछन । आइ. सि. ए.आइ ले परिक्षा तालिका प्रकाशित गरिसकेको छ भने नेपाल मा हुन लागेको निर्वाचन लाई लिएर आइ. सि. ए.आइ ले कुनै पनि खाल्को सुचना प्रकाशित गरेको छैन । सिए फाईनल को परिक्षा को तयारी गरिरहेका चितवान का एक बिधार्थी भन्छन, ” देशको एती ठुलो पर्ब मनाउन नपाईएलाकी भन्ने अर्को चिन्ता परेको छ। यस भन्दा अघी पनि भारत का बिभिन्न प्रदेश हरुमा भएको निर्वाचन का कारण परिक्षा सरेको रेकर्ड भएकाले पनि नेपाल सेन्टर को परिक्षा सर्ने मेरो अड्कल छ । २००९ तिर एक पटक पनि एस्तो भएको छ । उतराखण्ड मा निर्वाचन हुँदा त्यहा मे मा हुनु पर्ने परिक्षा जुन मा भएको थियो । त्यसैले पनि नेपाल को परिक्षा सर्छ भन्ने मा म विश्वाशत छु । नेपाल सेन्टर बाट पनि परिक्षा लिनै पर्ने हुँदा र संबिधान सभा जस्तो कुरा लाई ध्यान दिएर आइ.सि.ए.आइ ले परिक्षा सार्छ ।आइ. सि. ए.आइ ले परिक्षा नसारेर त्यो दिन हामी देश को एती ठुलो निर्वाचन मा मतदान गर्न पाएनौ भने, त्यो हामी प्रतिको अपमान पनि हुनेछ । त्यस माथि त्यो दिन कुनै सवारि साधन नचल्ने हुँदा हामीलाई निकै सास्थी हुनेछ ।” यता निर्वाचन आयोगले भने संबिधान सभाका लागि भनेर ३ दिन पुरै देश बिदा हुने भएकाले त्यो दिन कुनै पनि किशिमको परिक्षा नहुने बताएको छ । “देश पुरै चुनावि माहोलमा होमिदा देशको राजधानीमा कुनै बिदेशी संस्थाको परिक्षा हुनु निकै असोभनिय कुरा हो । संबिधान सभा भनेको चानचुने कुरा होइन। यसमा कुनै पनि कारणले मत दाताहरु मतदानबाट बन्चित हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो । त्यस माथि पनि कुनै कारण ले मतदान गर्न नपाउनु वा नदिनु भनेको मतदान अधिकार को उल्लङ्घन हो । त्यस्तो कुनै पनि हालतमा हुनै सक्दैन । जहाँ सम्म तपाईंको कुरा छ, हामीले यस बारे कुनै जानकारी पाएका छैनौ । बिधार्थीले दिने एउटा परिक्षा भन्दा देशको निर्वाचन निकै ठुलो कुरा हो । कुनै परिक्षालाई लिएर मत दान गर्न पाउने नागरिक को अधिकार खोस्न कुनै पनि देश को कानुन ले दिदैन । हामीलाई कुनै आधिकारिक अनुरोध वा पत्र आएको छैन र भारतीय दुताबाशले पनि यो बिषयमा हामी सँग कुनै कुरा गरेको छैन । तर एती कुरा चाँही साचो हो कि नेपाल मा मङ्सिर ४ मा चुनाव बाहेक केही हुँदैन। न केहीको परिक्षा, न कतै पठन पाठन वा अरु केही । त्यस माथि भारत को कुनै परिक्षा मङिस्र ४ गते हुँदैछ भन्ने कुराले निर्वाचनमा केही असार गर्यो भने राजनीतिक दलले त्यसलाई शहन सक्ने कुरै भएन । त्यसले अर्को मुड्भेड को स्थिती ल्याउन सक्छ । त्य्सैले कुनै पनि खालको परिक्षा त्यो दिन हुनु हुँदैन र हुँदैन पनि । निर्वाचन आयोग का एक प्रतिनिधि ले बताए । यध्यपी यस बिषयमा केही छलफल पछी आधिकारिक निर्णय हुने निर्वाचन आयोगको भनाइ छ । यता भारतीय दुताबाश भने यो बिषयमा बोलेको छैन । “यस बारेमा कुनै आधी कारीक निर्णय भनेको छैन” भारतीय दुताबाशका प्रतिनिधि ले भने । यध्यपी उनले पनि नेपाल को संबिधान सभालाई मध्यनअजर गर्दै साकारात्मक अपेक्षा गर्न सकिने बताएका छन ।
![]() |
आइ. सि. ए.आइ को वेब साईट मा लेखिएको नोट |
प्रतिक्रिया दिनुहोस्