छात्राहरुको हित संरक्षण र सम्बर्दनका साथै सिए क्षात्राहरु भित्र रहेका
विभिन्न प्रतिभालाइ प्रस्पोठन गराउने उद्देश्यले भारतको लक्ष्मीनगरमा
खुलेको संगठन हो जुनकिरी (FIRE FLIES ) एसोसिएसन अफ नेपाल। लक्ष्मीनगरमा सिए अध्यान गरिरहेका छात्राहरुलाई एकत्रित गरी सम्भावाना चुनौती र अवसरका बारेमा कुरा गरिने एक थलोको रुपमा जुनकिरी एसोसिएसनलाइ अगाडी बढाइएको जुनकिरी एसोसिएसन अफ नेपालकि अध्यक्ष नवरत्न अछामीले सिए सरोकारलाइ बताउनु भएको छ।
जुनकिरी एसोसिएसनले गरेका कार्यहरु : २२ मार्च २०१४ मा स्थापना भई छोटो समय मै जुनकिरी एसोसिएसन अफ नेपालले विभिन्न कार्यहरु सम्पन्न गरेको छ। हाजिरजवाफ कार्यक्रम , आर्तिकल्शिप बारे छलफल कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको जुनकिरीले पछि भारतमा रहेको बिधार्थी संगठन हातेमालोसंग मिलेर तीजको कार्यक्रम समेत सम्पन्न गरेको अध्यक्ष अछामीले सिए सरोकारलाइ बताउनु भयो। यस अलावा बाढि पिडितलाइ सहयोगको कार्यक्रम समेत आफुले सम्पन्न गरेको एसोसिएसनकि अध्यक्ष अछामीले जानकारी दिनुभयो ।
महिलाहरुको संगठन :भारतमा विभिन्न बिधार्थी संगठन हुदाहुदै पनि महिलाहरु त्यस कार्यक्रममा आफुलाई प्रस्तुत गर्न अफ्ठ्यारो मान्ने समस्याका कारण जुनकिरी एसोसिएसन जन्मिएको अध्यक्ष नवरत्न अछामी बताउनुहुन्छ। महिलाहरु महिला कै कार्यक्रम वा भेटघाटमा आफुलाई बढि खुलाउने हुनाले र कति पय महिलाहरुका समस्या महिलाहरुलाई बाहेक भन्न नमिल्ने हुनाले पनि बिसेषगरि नारिहरुकै मात्र संगठनको आबश्यकता बोध गरि जुनकिरी एसोसिएसन अफ नेपालको स्थापना भएको उहाको भनाइ छ। बिसेष गरि भारतमा रहदा विभिन्न खालका समस्याहरु महिला हरुले बढि भोग्नु पर्ने भएकाले जुनकिरी त्यसको समाधानको लागि अग्रसर हुने समेत उहाको दाबि छ। आर्टिकल्शिप खोज्न हुने समस्या, भारत बसाइमा हुने समस्या लगायत विभिन्न समस्यालाई समाधान गर्ने उदेश्यका साथ् अगाडि बढेको जुनकिरी एसोसिएसनमा नेपालबाट सिए अध्ययन गर्न लक्ष्मीनगर पुगेका कोहि पनि नेपाली महिला बिधार्थी ले जुनकिरी एसोसिएसनमा सम्पर्क गर्न सकिने उहाको भनाई छ।
प्रतिक्रिया दिनुहोस्