नेपाल बोर्ड अन्तर्गत गत डिसेम्बर महिनामा लिईएको परिक्षामा कुल २९ जनाले सिए फाईनल उतीर्ण गरेको खबर अहिलेको चर्चाको बिषय बनेको छ। तर के बजारमा चर्चा चलेजस्तै वा बिधार्थीले कल्पना गरेजस्तै उनीहरुलाई अवसर छ त ? भन्ने प्रश्न भने अहिले छायाँमा परेको छ। नेपालको हालको कर्पोरेट बजार र अडिट बजारलाई हेर्ने हो भने ति २९ जना ले नै खास फड्को केहि मार्छन भन्ने कुरा पत्याउन गाह्रो छ। उतिर्ण २९ जना मध्ये केहिको आर्टिकलशिप नै नसकिएकाले उनीहरु फर्म मै केहि महिना बस्नु बाध्यता हो तर के त्यसपछी उनीहरुलाई अवसरको समस्या छैन होला त भन्ने प्रश्न अर्कोतिर टड्कारो बनेको छ। २९ जना मध्ये केहिले आर्टिकलशिप सकी सकेका छन्। तर सिए पास भैसके पछी फर्ममा केहि मात्रामा तलब बढ्नु बाहेक खासै केहि नभएको बर्खर सिए पास गरेका केहिको प्रतिक्रिया छ।
कस्तो छ फर्ममा अवसर ? : नेपाली बजारमा हेर्ने हो भने सिए फर्ममा खासै राम्रो तलव सुबिधा नभएको सिएहरुको गुनासो छ। पार्टनर नै भएर काम गरेको खण्डमा बाहेक अरुको फर्ममा काम नै गरेको हिसावले खासै राम्रो कमाई नहुने सिएहरुको भनाइ छ। हाल सिए फर्महरुमा नेपाल बोर्डबाट उतिर्ण सिएहरुलाई ३० हजार देखि ४० हजार सम्मको हाराहारीमा तलव सुबिधा छ। उतिर्ण गर्ने बित्तिकै आफ्नै फर्म खोल्दा पनि त्यसका आ-आफ्नै समस्या हुने भएकाले पनि सिए फर्महरुमा फ्रेश सिएहरुका लागि सामान्यतया बुझिने जस्तो सिएको क्रेज नभएको फ्रेश सिएहरु बताउंछन्। नेपाली बजार सानो हुनु, अडिट पेसामा प्रतिष्पर्धा धेरै हुनु जस्ता बिबिध कारणले खोजेको जस्तो वा सोचेको जस्तो सिएको अवसर नभएको फ्रेश सिएहरुको भनाइ छ।
कस्तो छ कर्पोरेट क्षेत्रमा अवसर ? : फर्म को तुलनामा कर्पोरेट क्षत्रमा अवसर हुने भएपनि कर्पोरेट दुनियाँमा प्रवेश गर्न भने सजिलो छैन। “सिए भईसकेपछी सानोतिनो पदमा जाने कुरा भएन , ठुलो पदमा जान पावोर लाउनु पर्छ” , गत जुनको परिक्षामा उतिर्ण हुने एक सिएले भने। कर्पोरेट क्षेत्रमा लागेको खण्डमा तलव सुबिधा राम्रो हुने भए पनि अहिले पास हुने २९ जना मध्ये अधिकांस सिएहरु सजिलै कर्पोरेट क्षेत्रमा प्रवेश गर्न पाउनेछन् भन्न सकिने अवस्था नभएको उनीहरुको भनाइ छ।
भारतीय बोर्डबाट उतिर्णहरुलाई झन् समस्या : भारतीय बोर्डबाट सिए उतिर्ण गरी नेपालको सदश्यता लिएका सिएहरुको संख्या यसपाली मात्र ४८ छ। तर नेपाली बजारमा पहिला नै कतै काम गरिसकेकालाइ छोडेर फ्रेस सिएहरुलाई हेर्ने हो भने उनीहरुको समस्या झन् बढी देखिन्छ। सिए फर्महरुमा नेपाल बोर्डका सिएहरुलाई नै प्राथमिकता दिनु र कर्पोरेट क्षेत्रले पनि समान रुपमा आबेदन मागेपनि छान्ने बेलामा नेपाल बोर्डकै सिएलाइ छान्नुले पनि उनीहरुको समस्या बढ्दै गएको हो। यसरि नियामक निकाय आईक्यानले सिएहरुको उत्पादन गरे पनि वा सदस्यता दिए पनि उनीहरुको अवसरका लागि भने खासै केहि नगरेको सिएहरुको गुनासो छ।
प्रतिक्रिया दिनुहोस्