
सुरज प्याकुरेल
नेपाल चार्टड एकाउन्ट्न्ट्स बिधार्थी एसोसिएसन (एनकासा) र नेपाल चार्टड एकाउन्टेन्त्स संस्था अन्तर्गतको कर्मचारी सङ्गठन मिलेर आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइक्यान परिसरमा आज सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा सिए बिधार्थी आइक्यानका कर्मचारी तथा अन्य ब्यक्तिले रक्तदान गरेको बताइएको छ ।
आइक्यान को १५ औ वार्षिक उत्शबको अबसरमा आयोजित उक्त कार्यक्रम निकै सफल भएको एनकासाका अध्यक्ष शिव राम कटवालले बताउनु भएको छ । एनकासा र नेपाल चार्टड एकाउन्टेन्त्स संस्था अन्तर्गतको कर्मचारी सङ्गठन मिलेर समुक्त रुपमा गत बर्षपनि रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।
प्रकाशित मिति : २०६९ पुष १७
प्रतिक्रिया दिनुहोस्