Skip to content

लेखापरीक्षण संस्थामध्ये सिएससी एण्ड कम्पनी वर्षकै उत्कृस्ट करदाता

सन् १९९९ बाट सेवा सुरु गरेको सिएससी एण्ड कम्पनीले गत आर्थिक बर्षमा लेखापरीक्षण  संस्थामध्ये सबैभन्दा बढी आयकर तिरेकोमा नेपाल सरकारले सम्मानित गरेको छ । अहिले संयुक्त लगानीमा संचालन भईरहेको फर्म  नेपाल कै सबै भन्दा चर्चित सिए फर्म हो। सन् १९९१ बाट  सेवा सुरु गरेका  सिए मदन कृष्ण शर्माले पछी संयुक्त लगानीमा फर्मको स्थापना गरेका थिए।  कर दिवसको अवसरमा हिजो एक कार्यक्रमका बीच अर्थमंत्री डा.  राम शरण महतले फर्मलाई  सम्मान गर्नुभएको हो।  कार्यक्रममा कर प्रशासन र ब्यबस्थापनमा योगदान दिएको भन्दै आर्थिक पत्रकारहरुको संस्था सेजनलाई समेत सम्मान गरिएको थियो। 

 प्रकाशित मिति : २०७१ -०८-०२ मंगलबार

प्रतिक्रिया दिनुहोस्